डेंगुको संक्रमण बढेपछि धरानमा लामखुट्टे नष्ट गर्न थालियो

डेंगुको संक्रमण बढेपछि धरानमा लामखुट्टे नष्ट गर्न थालियो

धरान : महिना दिनदेखि धरानमा फैलिएको डेंगु नियन्त्रणका लागि टेल-टोलमा लामखुट्टे नष्ट गर्ने अभियान संचालन गरिएको छ। धरान उपमहानगरले धरानका डेंगु प्रभावित वडामा समूह बनाई लामखुट्टे मार्ने अभियान संचालन गरिएको हो। 

पोथी लामखुट्टेको टोकाइबाट धरानमा ७ सयभन्दा बढी मानिस डेंगुको संक्रमणबाट प्रभावित भएका छन्। संक्रमणको संख्या बढ्न थालेपछि उपमहानगरपालिकाले लामखुट्टे नष्ट गर्ने अभियान संचालन गरेको धरान उपमहानगरकी कार्यबाहक मेयर मञ्जु भण्डारीले बताइन्।

उनले धरानका डेंगु प्रभावित वडा १,७,९,१२ र १५ मा लामखुट्टे नष्ट गर्न प्रहरीसहितको टोली परिचालन गरिएको बताइन् । लामखुट्टे नष्ट गर्नका लागि प्रत्येक वडामा स्वास्थ्य प्राविधिक, जनप्रतिनिधि, प्रहरी, समाजसेवी, टोल विकास संस्थाका प्रतिनिधि परिचालन गरिएको भण्डारीले बताइन्।

धरानमा खानेपानीको चरम अभाव भएका कारण सर्बसाधारणले भाडामा पानी संचित गर्ने गरेका कारण संक्रमित लामखुट्टले पानीमा अण्डा पार्ने र त्यसबाट लामखुट्टेको उत्पति भइ डेंगु फैलिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा. विजयकुमार खनालले बताए। 

चिकित्सकको पानी संचित गर्ने काम बन्द गर्ने सुझाव दिएपछ उपमहानगरपालिकाले टोल- टोलमा संचित गरेको पानी फाल्ने  काम भइरहेको वडा नम्बर १५ का सदस्य ज्ञानेन्द्र बस्नेतले बताए। उनले १५ नम्बर वडामा मात्र १०वटा समूह बनाई सोमबार २७ वटा टोलमा गएर लामखुट्टे, अन्डा, लार्भा, प्युपा नष्ट गरिएको बताए। 

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले डेंगु प्रभावित क्षेत्रको पहिचान गरी प्रहरी परिचालन गरी लामखुट्टे नष्ट गर्न धरानका २० वटै वडामा प्रहरी परिचालन गरेको बताए।

उनले प्रहरी परिचालन गरी सर्बसाधारणलाई जनचेतनामुलक कार्यक्रममार्फत डेंगुबाट बच्न सचेत गराइएको बताए। धरानमा डेंगुको प्रकोप फैलिएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र यादवले स्थलगत निरीक्षण गरेका छन्। उनले डेंगु रोगका बिरामीलाई समेत भेट गरी उपचार सहज बनाउन वीपी प्रतिष्ठानका चिकित्सकलाई निर्देशन दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.