बिरामी बढेपछि भुइँमै उपचार

बिरामी बढेपछि भुइँमै उपचार

धरान : पूर्वी तराईमा अत्यधिक गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप पनि बढेको छ। गर्मीका कारण दैनिक बिरामी बढ्दै गएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भुइँमा राखेर उपचार गर्न थालिएको छ। एक्कासी बिरामी बढेपछि अस्पतालमा शैया खाली नभएको अस्पताल स्रोतले जनाएको छ।

डेंगु र गर्मीका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटल धरानमा बिरामीको चाप अत्याधिक बढेको छ। बिरामी हुनेमा धेरै जसो बालबालिका र बृद्धबृद्धा रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। प्रतिष्ठानको आकस्मिक कक्षको क्षमता एकसय शैयाको भए पनि दैनिक एकसय ५० बढी बिरामी उपचार गर्न आउने गरेका छन्।

आकस्मिक कक्षमा बिरामी रख्ने ठाउँ नहुँदा भुइँमा राखेर उपचार गर्नु परेको प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले बताए। उनले प्रतिष्ठानमा आउने सबै बिरामीको उपचार गरी सकुशल घर फर्काउने उद्देश्यले भुइँमा नै राखेर भए पनि उपचार गरिरहेको उल्लेख गरे। गर्मीका कारण सुनसरी, मोरङबाट ज्वरो, झाडापखाला, दम, प्रेसर, सुगर, मुटु र मृगौला रोगका बिरामीको संख्या धेरै भएको डा. ऐरले जानकारी दिए। यस्तै विजयपुर हस्पिटलका निर्देशक प्रभाव खतिवडाले पनि गर्मीका कारण केहि सातायता बिरामीको संख्या बृद्धि हुँदै गएको बताए।

बिरामीको संख्या बढेको र जनशक्ति अभाव भएपछि आकस्मिक कक्षमै उपचार सहज नभएको स्थानीयले गुनासो गरेका छन्। धरान–१३ का घनश्याम तिम्सिनाले प्रतिष्ठानमा भाइको उपचार गर्न नसकेपछि अन्यत्र लैजानुपरेको गुनासो गरे। उनले भने, ‘ठूलो अस्पताल भनेर उपचार गर्न जान्छौं। तर आकस्मिक कक्षका चिकित्सकले रगत परिक्षणका लागि बाहिरका क्लिनकमा पठाउन गर्छन्, न त समयमै उपचार पाइन्छ।’

प्रतिष्ठानका निर्देशक गौरीशंकर साहले गर्मी र डेंगुका कारण बिरामीको चाप बढेका कारण अन्य बिरामीको उपचारमा केही समस्या उत्पन्न भएको बताए। जनशक्ति अभाव र बिरामीको चापले केही समस्या आए पनि नियतवस कसैको उपचारमा लापरवाही नभएको दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.