खानेपानी संकट टार्न डिप बोरिङ

खानेपानी संकट टार्न डिप बोरिङ

भोजपुर : भोजपुुरको पूर्वी पौवादुङ्मा गाउँपालिकाले खानेपानीको संकट टार्न डिप बोरिङमार्फत समस्या समाधान गरेको छ। वर्षेनी पानीको मुहान सुक्दै जाँदा स्थानीयले गाउँ छाड्न थालेका थिए। गाउँ खाली हुने भएपछि नागरिकका लागि गाउँपालिकाले बोरिङ गरेर खानेपानी निकालेको हो।

पौवादुङ्मा गाउँपालिका–३, च्याङ्ग्रे चाम्ताङका मिनकुमार मगरले भने, ‘डेढ घण्टा हिँड्दा पनि पानी पाइदैनथ्यो, पानी अभावकै कारण अधिकांशले घरबास छाडेर हिडिसकेका छन्। अहिले गाउँपालिकाले बोरिङ मेसिनमार्फत पानी निकालेपछि केही हदसम्म समाधान भएको छ।’

वडा नं ३ च्याङ्ग्रे र वडा नं ४ वास्तिमको सीमानामा पर्ने चाम्ताङस्थित उक्त प्रविधिबाट पानी निकालिएसँगै खानेपानी आपूर्ति सहज बनेको छ। पानी अभावले थलिएका स्थानीयले हाल आवश्यकताअनुसार पानी पाएपछि राहत महशुस गरेका छन्। पानी नभएकैले बस्ती सर्ने तयारी गरिरहेकी मञ्जु कार्की गाउँपालिकाले डिप बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको बताउँछिन्।

जिल्लामै पहिलो पटक डिप बोरिङबाट जमिनमुनिको पानी निकालिएको हो। हाल निकालिएको खानेपानी सुख्खा क्षेत्रका करिब दुई परिवारको घरसम्म पुर्‍याइने गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष किरण राई भन्छन्, ‘खानेपानीको हाहाकारले नागरिक हैरान भएका थिए, हामीले उनीहरुको समस्या टार्न नयाँ प्रविधिको प्रयोग गरेका हौं।’ करिब एक सय १० मिटरको गहिराईदेखि उक्त डिप बोरिङ प्रविधिबाट खानेपानी निकालिएको छ।

गाउँपालिकाको ३९ लाख लागतमा पानी निकालिएको छ। प्रतिदिन ५० हजारदेखि एक लाख २० लिटरसम्म खानेपानी निकाल्न सकिने बताइएको छ। खानेपानी समस्या दिर्घकालिन समाधान गर्न गाउँपालिकाले आगामी आवभित्र दुई ठूला खानेपानीको आयोजनाको काम सम्पन्न गर्ने बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.