पारिश्रमिक नपाएको भन्दै विद्यालयमा मजदुरको ताला, बरन्डामा बसेर पढ्दै विद्यार्थी

पारिश्रमिक नपाएको भन्दै विद्यालयमा मजदुरको ताला, बरन्डामा बसेर पढ्दै विद्यार्थी

सिन्धुली : सिन्धुलीको फिक्क्ल गाउँपालिका ३ स्थित खोलागाउँमा रहेको श्री प्रकाशोदय माध्यामिक विद्यालय खुरहरीको सुविधा सम्पन्न भवन बनेको तीन महिना बितेपनि विद्यार्थी भने बरन्डा र भर्‍याङमा बसेर पढ्न बाध्य छन्।

विद्यालयको भवन निर्माण गर्ने मजदुरले पैसा नपाएको भन्दै नवनिर्मित भवनमा ताला लगाइदिएपछि विद्यार्थी कक्षा कोठमा पस्न नपाएर बरन्डा र भर्‍याङमा बसेर पढ्न बाध्य छन्।

एसियाली विकास बैंकको ४ करोड ८२ लाख रुपैयाँ लागतमा बनेको भवनमा काम गर्ने कामदारलाई ठेगेदार दुर्गाबहादुर घिमिरेले सम्झौताअनुसार रकम नदिएपछि कामदारले श्रमको ज्याला माग गर्दै विद्यालयको नयाँ भवनमा ताला बन्दी गरिदिएका हुन्। 

लुम्बिनी जेभीका रत्न गौतमले पाएको ठेक्कामा सब् कन्ट्याक्टरको रुपमा प्रदिप खड्का, कमलामाई नगरपालिका ६ सिन्धुलीका ठेगदार दुर्गा घिमिरेले हरिवन नगरपालिका १५ सर्लाहिका  रत्नबहादुर थिङ्गलाई २५ लाख रुपैयाँमा भवनको निर्माण ज्याला मात्र दिने गरी काम लगाएका थिए। तर, घिमिरेले थिङलाई पैसा नदिएपछि थिङ आफ्ना बालबच्चासहित विद्यालयमा ताला बन्दी गरेर पैसा माग गर्दै दुई महिनादेखि विद्यालयमै बस्दै आएका छन्।

मुख्य ठेकेदार हुँदै विभिन्न प्रकारका पेटी ठेकेदारमार्फत काम गरेका थिङले पैसा नपाएसम्म विद्यालयको ताला नखोल्ने जनाएपछि उक्त विद्यालयका झन्डै चारसय विद्यार्थी विद्यालय बाहिरै रहेका छन्। 'विद्यालयको भवन निर्माणमा गरिएको सम्झौता अनुसारको रकम नपाएसम्म म विद्यालयको ताला खोल्न दिन्न, बरु विद्यालयमै मर्न तयार छु। मलाई पेटी ठेकेदारले फसाए,' थिङले भने। 

ठेकेदारको विवादका कारण विद्यार्थी र शिक्षक मारमा परेको उक्त विद्यालयका प्रधानध्यापक टिकाजंग श्रेष्ठले बताए। 'नयाँ भवन बनिसके पनि हेरेरै मात्र बस्नु परेको छ। ठेकेदारले काम सकेको छ । मजदुरले पैसा नपाएको भन्दै ताला बन्दी गरेका छन् । विद्यालयबाट ठेकेदारले पैसा लगिसके पनि मजदुरलाई किन दिएनन् थाहा छैन्,' उनले भने। 

उक्त विद्यालयको भवन यही ३ गते मंगलबार एक कार्यक्रमका बीच उद्घाटन गर्ने तयारी भएपनि मजदुरले पैसा नपाएसम्म उद्घाटन गर्न नदिने जनाएपछि स्थगित भएको श्रेष्ठले जनाकारी दिए। विद्यालय भवन उद्घाटनका लागि प्रमुख अतिथी बनेर विद्यालयमा पुगेका प्रदेशसभा ३ का सांसद प्रदिप कटवाल कामदारको विरोधपछि त्यतिकै फर्केका थिए।

यस विषयमा ठेकेदार दुर्गा घिमिरेले आफूले पनि माथिल्लो ठेकेदारबाट पैसा नपाएपछि मजदुरलाई दिन नसकेको बताएका छन् । मुख्य ठेकेदार लुम्बिनी जेभीका रत्न गौतमसँग भने सम्पर्क हुन सकेन्। उता मजदुरको पैसा तत्काल उपलब्ध गराउने जिल्लाका राजनीतिक दल तथा सम्बन्धित कार्यालयले जनाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.