भीरबाट अटो खस्दा चालकसँगै चार विद्यार्थी घाइते
ओखलढुंगा : रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक विद्यालयका विद्यार्थी बोकेको अटो सिद्धिचरण नगरपालिका ५ स्थित माथिल्लो ढुंग्रेमा दुर्घटना भएको हो। तीव्र गतिमा रहेको को २ ह ४९०० नम्बरको अटो सडकबाट चिप्लिएर १ सय मिटर तल खसेको थियो। दुर्घटनामा चालकसहित पाँचजना विद्यार्थी घाइते घइते भएका हुन्।
दुर्घटनामा तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमध्ये सिद्धिचरण नगरपालिका ९ ज्यामिरेका खड्गनारायण श्रेष्ठ, खिजीदेम्वाका फुरी शेर्पा, सुनकोसी गाउँपालिकाका भरत राई र चालक सानुराम दाहालको अवस्था गम्भीर छ। अर्का एक विद्यार्थी युवराज कट्वालको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइतेको टाउकोमा चोट लागेको छ। घाइतेको ओखलढुंगास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। प्राथमिक उपचारपछि घाइतेलाईाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी गरिएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए। घाटनाको कारणबार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।