उपचारको क्रममा महिलाको मृत्युपछि अस्पतालमा तोडफोड र प्रदर्शन, पाँच पक्राउ

उपचारको क्रममा महिलाको मृत्युपछि अस्पतालमा तोडफोड र प्रदर्शन, पाँच पक्राउ

विराटनगर : विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत एक महिलाको मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै दिनभर प्रदर्शन गरेका छन् ।

चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै उनीहरुले आन्दोलन गरेका हुन् । मोरङको उर्लाबारी नगरपालिका–५ की ३८ वर्षीय प्रिती भनिने चेलीमाया प्रसाई कोइरालाको उपचारको क्रममा मृत्यु भएको थियो । मृतकका आफन्तले शव जिम्मा लिन अस्वीकार गर्दै दिनभर प्रदर्शन गरेका हुन् । जसले गर्दा अस्पताल परिसर दिनभर तनाबग्रस्त नै बनेको थियो । प्रहरीका अनुसार ६ वटा झ्याल तोडफोड भएको छ । प्रदर्शनको क्रममा अस्पतालका झ्याल, ढोका, कम्प्युटर र कुर्सीमा समेत क्षति पुगेको छ ।

स्त्री रोग विशेषज्ञ डा। ज्ञानेन्द्रमान सिंह कार्कीको नेतृत्वको चिकित्सक टोलीले चेलीमायाको डाइग्नोस्टिक ल्याप्रोस्कोपी गरेको थियो । डाइग्नोस्टिक ल्याप्रोस्कोपी सकिएपछि उनलाई वार्डमा सारिएको थियो ।

तर शुक्रबारबाट स्वास्थ्य अवस्था जटिल बनेर गएको भन्दै महिलालाई चिकित्सकको सुझाव अनुसार आईसीयूमा भर्ना गरियो । शनिबार बिहान ९ बजेपछि चेलीमायालाई अस्पतालले मृत घोषित गरेको हो । अस्पतालका प्रशासन प्रमुख पदम बिडानीका अनुसार डिस्चार्ज दिने तयारी गरिरहँदा चेलीमायाको अवस्था जटिल बनेको थियो ।

शनिबार मृतकका आफन्तले अस्पताल मूलगेटमै टायर बालेर घटनाको विरोधमा प्रदर्शन गरेका थिए । प्रदर्शनका कारण कोसी राजमार्ग अन्तर्गत विराटनगरको मुनालपथमा केही बेर सडक अवरुद्ध भयो ।

प्रदर्शनकारीमध्ये ५ जनालाई अस्पताल तोडफोड र राजमार्ग बन्द गराउने घटनामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेको छ । साथै अहिले अस्पतालको सुरक्षा व्यवस्था कडा पारिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.