रुपचन्द्रको स्मृतिमा साहित्य महोत्सव

रुपचन्द्रको स्मृतिमा साहित्य महोत्सव

थाहानगर (मकवानपुर) : रुपचन्द्र विष्टको २० औं स्मृति दिवसको अवसरमा थाहा नगरपालिकामा प्रथम पालुङ साहित्य महोत्सव भएको छ।

विकास घरमा शनिबार आयोजित महोत्समा एक दर्जन जिल्लाका ३० जना कविहरुले रुपचन्द्र विष्ट र उनको थाहा अभियानको बारेमा कविता वाचन गरेका थिए। कार्यक्रममा निमेष निखिल, रामुकुमार एलन, पुष्पा अधिकारी अन्जली, अम्बिका कार्की लगायतले कविता वाचन गरेका थिए।

थाहा नगरपालिकाको आयोजना तथा पालुङ साहित्य परिषदको ब्यवस्थापनमा रुपचन्द्र विष्टबारे पहिलो पटक साहित्य महोत्सव भएको हो।

थाहालाई पाठ्यक्रममा समेट्न जोड

महोत्सवमा सहभागि कवि तथा सरोकारवालाहरुले रुपचन्द्र विष्टको थाहा अभियानको नाम राखिएको थाहा नगरपालिकाले थाहासँग सम्बन्धित विषयहरु नगरपालिकाभित्रको पाठ्यक्रममा समेट्नुपर्ने बताएका छन्। जनमुखी सहकर्मी शशी शेरचन (सोनम साथी)ले पाठ्यक्रममा थाहा अभियनलाई समेटेर नयाँ पुस्तालाई यस बारेमा जानकारी दिनुर्ने बताए।

विष्टका कान्छा भाई गुणचन्द्र विष्टले स्मृति दिवसको अवसरमा नगरभर सार्वजनिक बिदा दिइनुपर्ने माग गरे।

कार्यक्रममा श्याम प्रसाद स्मृति प्रतिष्ठानले प्रकाशित गरेको श्याम प्रसाद शर्माको कृति महिलाका कुरा र सबैका लागि घर शीर्षकको पुस्तक विमोचन गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.