सप्तकोसीमा डुंगा संचालनमा रोक

सप्तकोसीमा डुंगा संचालनमा रोक

धरान : सुरक्षाको कारण देखाउँदै स्थानीय प्रशासनले सप्तकोसीमा डुंगा संचालनमा रोक लगाएको छ। पूर्वी पहाडी जिल्लामा निरन्तरको वर्षापछि सप्तकोसीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले सप्तकोसीमा डुंगा संचालनमा रोक लगाएको हो। सुनसरीको बराहक्षेत्र नगरपालिकाको महेन्द्र नगर र प्रकाशपुरबाट सप्तकोसीको श्रीलंका टापुमा सर्वसाधारण डुंगाबाट आवत जावत गर्दै आएका थिए। 

जथाभावी डुंगा संचालन गर्दा यस अगाडि पनि दुर्घटनामा परी धेरै सर्वसाधारणले अकालमा ज्यान गुमाएका कारण सावधानी अपनाई सप्तकोसीमा डुंगा संचालनमा रोक लगाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए। उनले वर्षातको समयमा बाढी आउन्जेलसम्म डुंगा संचालन गर्न नदिने बताएका छन्। 

सुनसरीको महेन्द्रनगर, प्रकाशपुर र मधुवनका करिब पाँच हजार सर्वसाधारण कोसीको श्रीलंका टापुमा बस्दै आएका छन्। पशुपालन र कृषि पेसा गर्दै आएका स्थानीय दैनिक व्यापार र उपभोग्य बस्तुका लागि  कोसीमा डुंगा चढेर यात्रा गर्ने गर्छन्।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक जीवन तामाङले डुंगा संचालकलाई जोखिम मोलेर डुंगा नचलाउन अनुरोध गरेपश्चात केही दिनदेखि सप्तकोसीमा डुंगा चल्न छाडेको बताए। धेरै पानीपरेपछि कोसीमा दैनिक बाढी आउने हुँदा स्थानीय प्रशासनले सुरक्षाका लागि डुंगा सञ्चालनमा रोक लगाएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.