बंगलादेशको तेस्रो जित

बंगलादेशको तेस्रो जित

साउथह्याम्पटन : बंगलादेशले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा तेस्रो जित हात पारेको छ । साउथह्याम्पटनस्थित रोज बल रंगशालामा सोमबार भएको खेलमा बंगलादेशले अफगाािस्तानलाई ६२ रनले हरायो । जारी विश्वकपमा बंगलादेशको तेस्रो जित हो । यसजिसँगै सात खेलबाट सात अंक बनाएको बंगलादेशले पाँचौं स्थानमा उक्लिएको छ । सातवटै खेलमा हार खेपेको अफगानिस्तान तालिकाको अन्तिममा छ । अंकबिहीन अफगानिस्तान विश्वकपबाट बाहिरी सकेको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ओभरमा सात विकेट गुमाएर २६२ रन बनाएको थियो । बंगलादेशका लागि दुई खेलाडीले अर्धशतकीय पाली खेलेका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका विकेटकिपर ब्याट्सम्यान मुसफिकर रहिमले टोलीका ८३ रनको योगदान गरे ।

मुसफिकर रहिमले केवल ८७ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । ३२ वर्षीय अनुभवी खेलाडी मुसफिकर रहिमले एकदिवसीय क्रिकेटमा बनाएको यो ३५औं अर्धशतक हो । अर्का अनुभवी खेलाडी सकिब अल हसनले पनि टोलीको खातामा ५१ रन थपे । उनले ६९ बलको सामना गरी एक चौका हिर्काए । ३२ वर्षीय बायाँहाते ब्याट्सम्यान सकिबले एकदिवसीय क्रिकेटमा बनाएको यो ४५औं अर्धशतक हो ।

बंगलादेशका लागि ओपनर ब्याट्सम्यानद्वय लिटन दास र तामिम इक्बालले २३ रनको मात्र साझेदारी गर्न सके । टोलीको कुल स्कोर केवल २३ रन रहँदा लिटन दास (१६ रन) पहिलो विकेटका रूपमा पेभेलियन फर्किए । त्यसपछि तामिम इक्बाल र सकिब अल हसनले टोलीको स्कोरलाई ८२ रनको स्थितिमा पु¥याए । दोस्रो विकेटका रूपमा तामिक इक्बाल ३६ रनमा पेभेलियन फर्किए । उनले ५३ बलको सामना गरी चार चौका प्रहार गरे ।

त्यसपछि सकिब अल हसन र मुसफिकर रहिमले टोलीको स्कोरलाई एक सय ४३ रनसम्म डो¥याएका थिए । सौम्य सरकार तीन रनको व्यक्तिगत स्कोरमै आउट भए भने महमुदुल्लाहले टोलीको खातामा २७ रन थपे । उनले ३८ बलको सामना गरी दुई चौका पनि प्रहार गरे । मोसद्क होसैनले पनि टोलीका लागि ३५ रन बटुले । उनले केवल २४ बलको सामना गरी चार चौका हिर्काए । मोहम्मद सैफुद्दिन दुई रनमा अविजित रहे । विश्वकपमा केवल दोस्रो पटक सहभागिता जनाइरहेको अफगानिस्तानका बलर मजिब उर रहमानले तीन विकेट लिए । १० ओभर बलिङ गरेका उनले ३९ रनमात्र खर्चिए । कप्तान गुलबदिन नाइबले पनि दुई विकेट हात पारे । यसैगरी दवलत जद्रान र मोहम्मद नाबीले पनि एक÷एक विकेट हात पारे ।

यसैगरी २६३ रनको विजय लक्ष्य पछ्याएको अफगानिस्तान ४७ ओभरमा सबै विकेट गुमाएर २०० रनमा समेटिएको थियो । अफगानिस्तानका लागि समिउल्लाह सिनवारीले सर्वाधिक ४९ रन बनाए । अन्तिमसम्म टिकेका समिउल्लाहले ५१ बलमा एक छक्का र तीन चौकाको सहयोगमा उक्त रन बनाएका थिए । गुलबदिन नइबले ४७ रन बनाए । ७५ बलको सामना गरेका उनले तीन चौका हानेका थिए । रहमत शाहले २४ रन बनाए । नाजिबुल्लाह जार्दनले २३, अस्घर अफ्गानले २०, हसमुल्लाह सहिदी र इक्राम अलिखिलले समान ११÷११, रसिद खान दुई रनमा पेभेलियन फर्किए । अन्य तीनजना ब्याट्सम्यान शुन्य रनमा आउट भएका थिए । बंगलादेशका लागि सकिब अल हसनले पाँच विकेट लिए । मुस्ताफिजुर रहमानले दुई तथा मोसद्क होसैन र मोहम्मद सैफुद्दिनले एक÷एक विकेट लिए । सकिब अल हसन प्लेयर अफ दी म्याच घोषित भए 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.