लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं : लागुऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका-९ रतनपुरबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ ३८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय मोहन राज भट्टलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

त्यस्तै काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ ३ सय ६० ग्रामसहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने १७ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ। प्रहरी  प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले पालुङबाट काठमाडौंतर्फ आउँदै गरेको ना४ख ४१०१ नम्बरको बसलाई  जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

त्यस्तै नागार्जुन नगरपालिका-५ हलचोक चौतारा नजिक डेरा गरी बस्ने धादिङ सिरानचोक गाउँपालिका-४ घर भएकी ३७ वर्षीया चमेली ग्याल्वा तामाङलाई अवैध लागूऔषध गाँजा करिब ४ किलो ४ सय ग्राम र पोल्याण्ड २ किलो २ सय ग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो। 

त्यस्तै सुनसरीको धरान उपमहानगरपालिका-२ भानु चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ४० मिलिग्राम सहित मोरङ केराबारी गाउँपालिका-५ सतिसाले बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बरगाछीबाट भानुचोकतर्फ आउँदै गरेको बा८०प १२२३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

त्यस्तै कैलालीको टिकापुर नगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने २२ वर्षीय निर्मल शाही, २२ वर्षीय भरत कुँवर, २३ वर्षीय दमन ढुंगाना, २१ वर्षीय सचिन भण्डारी र सोही नगरपालिका-२ बस्ने २३ वर्षीय निराजन रावल रहेका छन्। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.