सिन्धुलीमा कार दुर्घटना, काठमाडौंका दुई जनाको मृत्यु
सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ। बा १ च नम्बरको कार दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–२१ नयाँ बानेश्वरकी ४६ वर्षीया हेमा लामिछाने र सोही ठाँउका ५७ वर्षीय अच्युत लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसै दुर्घटनमा परीकाठमाडौं–२१ कै २२ वर्षीया आस्था लामिछाने घाइते भएकी छिन। उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।
दुर्घटनामा कार चलाउने ५८ वर्षीय दिपक लामिछाने सामान्य घाइते भएका छन। प्रहरीका अनुसार खोटाङको हलेसी महादेवको दर्शन गरी काठमाडौं फर्कने क्रममा कार दुर्घटनामा परेको हो।
कार विपि राजमार्गमा सोमबार राति करिब १२ बजे तिरदुर्घटनामा परेको प्रहरीले जनाएको छ। कार सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ। मृतक दुवै जनाको घटना स्थलमै ज्यान गएको हो।