तराईका माछा हिमालसम्म

तराईका माछा हिमालसम्म

ओखलढुंगा : सिरहाका भोला पजियार ओखलढुंगा सदरमुकाममा माछा व्यापार गर्छन्। सिद्घिचरण नगरपालिका ११ स्थित रमाइलोडाँडामा उनले दैनिक माछा बेच्ने पसलै खोलेका छन्। सिरहाबाट गाडीमा ल्याएर उनले जलकपुर, रउ, नैनी मुग्रीलगायत जातका माछा बेच्छन्।

ओखलढुंगामा माछा उत्पादन गर्ने फर्म नहुँदा तराईका माछाले राम्रो बजार पाएका छ। शनिबारे हटियामा माछा बेच्दै गरेका पजियारले हप्तामा २ सय ५० केजीसम्म माछा बिक्री हुने बताए। उनले भने, ‘मैले सिरहाबाट ल्याएर यहाँ बेच्छु, आफ्नै फर्म छ त्यहाँ।’ पजियार जस्ता अर्का एक व्यापारी पनि नियमित माछा बेच्छन्। उनी हटियाका दिन घुमेर माछा बेच्दै आएका छन्। जिल्लामा दुई जनाले मात्रै माछा व्यापार गर्दै आएका छन्। अर्का एक रामकृपाल महतोले पनि माछा व्यापार गर्छन्।

परियारले ओखलढुंगामा मात्रै होइन, सोलुखुम्बु र खोटाङको हलेसीसम्म माछा व्यापार गर्छन्। ३ जिल्लामा मैले मात्रै एक हप्तामा ८ सय किलो माछा बेच्छु, जिल्लाभित्र त अर्का व्यापारीसमेत छन्।’ सोलुखुम्बुको बुङ, छेस्काम, गोराखानी तिङ्लालगायत ठाउँमा माछा पठाउने गरेको पजियारले बताए। माछाको राम्रो व्यापार हुने गरेपछि पहाडमै व्यापार गर्न थालेको उनले अनुभव सुनाए। एक केजीमा खुद्रामा ५० र होलसेलमा ३० रुपैयाँ फाइदा हुने भएकाले उनले महिनामा कम्तीमा ३० हजार कमाउँछन्। तिङलाका रजिन कार्की हिमाली क्षेत्रमा माछा कम पाइने भएकाले मधेसबाट आउने माछा ल्याउनासाथ उपभोत्ताmाले लिइहाल्ने बताउँछन्। हिमाली क्षेत्रमा अत्यधिक चिसो र पानी जम्ने भएकाले माछापालन व्यवसाय सञ्चालनमा छैन।

ओखलढुंगामा भने दक्षिणी र पूर्वी क्षेत्रमा माछापालन गर्न उपयुत्ताm हावापानी रहेको कृषि प्राविधिक बताउँछन्। कृषकले चासो र मेहनत गरे जिल्लामै माछा उत्पादन गरेर बिक्री गर्न सकिने कृषि ज्ञान केन्द्रका कृषि प्राविधिक टिका बाँनियाले बताए। कतै–कतै जिल्लाभित्र माछापालन सुरु भएको उनले जानकारी दिए।

ओखलढुंगामा मात्रै होइन र खोटाङ र सोलुखुम्बुमा समेत तराईको माछा बिक्री हुन्छ।

मधेसभन्दा पहाडमा मूल्य बढी पाइने र बजार राम्रो भएकाले व्यापार सहज भएको व्यापारीको भनाइ छ। माछा ढुवानी गर्न मात्रै पहाडमा समस्या छ। अझ हिमाली क्षेत्रमा मासुजन्य पदार्थ कम पाइने भएकाले माछाका माग उच्च रहेको बताइएको छ। सदरमुकाम ओखलढुंगामा व्यवसाय गर्दै आएका सञ्जय खत्री ब्रोइलरका भाउमा स्वस्थकर माछा पाइने भएकाले उपभोत्ताmा बढ्दै गएको बताउँछन्। ‘पहाडका आलु जस्तै हो ब्रोइलर त, माछा स्वास्थ्यका लागि राम्रो भएकाले उपभोत्ताmा बढिरहेका हुन्’, उनले अन्नपूर्णसँग भने।

ओखलढुंगामा ब्रोइलर कुखुराको मासु र माछा उस्तै मूल्यमा पाइन्छ। माछा जातअनुसार केजिको ३ सय देखि ४ सयसम्म पर्छ। ब्रोइलर कुखुराको मासु ३ सय ५० सम्म पर्छ। सस्तैमा माछा पाउने भएपछि माछाका पारखीसमेत बढेका छन्। माछामा प्रोटिन, फ्याटी एसिड, भिटामिन कम्प्लेक्स, क्याल्सियम जस्ता गुण हुने भएकाले स्वास्थ्यबद्र्घक मानिन्छ। माछा वोसोयुत्ताm, रत्ताmचाप कम गर्ने मुटु स्वास्थ्य राख्ने भएकाले अन्य मासुभन्दा माछा धेरै उपयोगी भएको स्वास्थ्यकर्मीको सुझाव छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.