एकदिवसीय विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जित

एकदिवसीय विश्वकप क्रिकेट : न्युजिल्यान्डविरुद्ध पाकिस्तानको जित

लन्डन : न्युजिल्यान्डले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो हार भोगेको छ। विश्वकपअन्तर्गत बुधबार बर्मिङ्घमको एजबास्टनमा भएको खेलमा पाकिस्तानसँग ६ विकेटले पराजित भएपछि न्युजिल्यान्डले पहिलो हार बेहोरेको हो। यसअघि खेलेका ६ खेलमध्ये एक खेल वर्षाले प्रभावित पारेको थियो भने पाँच खेलमा न्युजिल्यान्डले जित निकालेको थियो।

न्युजिल्यान्डले दिएको दुई सय ३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले पाँच बल बाँकी छँदा चार विकेट गुमाएर विजय लक्ष्य भेट्टायो। पाकिस्तानका लागि बाबर आजमले शतकीय पाली खेले। तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान उत्रिएका उनले एक सय २७ बलमा ११ चौकाको मद्दतमा एक सय एक रन बनाए। यसैगरी हरिस सोहेलले पनि अर्धशतक बनाए। उनले ६८ रन बनाए। यस्तै मोहम्मद हाफिजले ३२, इमाम उल हकले १९ र फाखर जामनले नौ रन बनाए।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, लुकी फर्गुसन र कप्तान केन विलियम्सनले एक÷एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले खराव प्रदर्शन गरेको थियो। ६४ रनमा चार विकेट गुमाएको न्युजिल्यान्डलाई कप्तान केन विलियम्सन, जेम्स निसाम र कोलिन डे ग्रान्डहोमले सम्मानजनक योगफलसम्म डोर्‍याएका थिए। न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय ३७ रनको योगफल खडा गर्‍यो। लामो समय क्रिजमा डटेका निसाम ९७ रनमा अविजित रहे। उनले एक सय १२ बल खेल्दै तीन छक्का र पाँच चौकाको हिर्काए। यसैगरी ग्रान्डहोमले ६४ रन बनाए। उनले ७१ बलमा एक छक्का र ६ चौका प्रहार गरे। अग्रपंक्तिका ब्याट्सम्यान लगातार पेभेलियन फर्किँदा विलियम्सनले धैर्यपूर्ण ब्याटिङ गर्दै ४१ रन बनाए। कोलिन मुनरोले १२ रन बनाउँदा मार्टिन गप्टिल पाँच रन आउट भए।

पाकिस्तानका सहिन अफ्रिदीले तीन विकेट लिए। यसैगरी मोहम्मद आमिर र सदाव खानले एक÷एक विकेट हात पारे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.