आज प्रभाव पार्न सक्ने खेलाडी : विराट कोहली

आज प्रभाव पार्न सक्ने खेलाडी : विराट कोहली

भारतीय टोलीका कप्तान हुन्, विराट कोहली। तेस्रो नम्बरमा क्रिज सम्हाल्न आउने ३० वर्षीय कोहलीले भारतको थुप्रै सफलतामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन्। जारी विश्वकपमै पनि कोहलीले तीनवटा अर्धशतक प्रहार गरिसकेका छन्।

कोहलीले बलियो अस्ट्रेलियाविरुद्घको खेलमा ८२ रन बनाएका थिए। पाकिस्तानविरुद्घको खेलमा ७७ रन बनाएका कोहलीले अफगानिस्तानविरुद्घको खेलमा पनि ६७ रनको योगदान गरेका थिए। दायाँहाते ब्याट्सम्यान कोहलीले भारतका लागि हालसम्म दुई सय ३१ एकदिवसीयको दुई सय २३ पालीमा ५९.६० को औसतले कुल ११ हजार ८७ रन बनाइसकेका छन्। एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन एक सय ८३ रन हो।

उनले एकदिवसीय क्रिकेटमा ४१ शतक र ५२ वटा अर्धशतक प्रहार गरिसकेका छन्। कुशल फिल्डरसमेत रहेका कोहलीले एक सय १४ वटा क्याच पनि लिएका छन्। वेस्ट इन्डिजविरुद्घको खेलमा पनि कोहलीको प्रदर्शन भारतका लागि उपयोगी बन्न सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.