फरक ओभरका तीन विश्वकप

फरक ओभरका तीन विश्वकप

विश्वकप क्रिकेटको इतिहासमा भारतको नाममा एउटा गजबको कीर्तिमान छ। भारत तीन फरक ओभरमा खेलाइएको विश्वकप क्रिकेटको उपाधि जित्ने एकमात्र राष्ट्र हो। भारतले सन् १९८३ मा कपिल देवको कप्तानीमा पहिलो पटक एकदिवसीय विश्वकप जितेको थियो। भारतले फाइनलमा वेस्ट इन्डिजलाई ४३ रनले हराएको थियो।

त्यतिबेला एकदिवसीय विश्वकपमा प्रत्येक पाली ६० ओभरको हुन्थ्यो। दुवै टोलीले ६०÷६० ओभर खेल्नु पथ्र्यो। त्यसपछि भारतले सन् २०११ मा महेन्द्रसिंह धोनीको कप्तानीमा दोस्रो पटक एकदिवसीय विश्वकप जित्यो। भारतले फाइनलमा श्रीलंकालाई ६ विकेटले हरायो। त्यतिबेला विश्वकपमा प्रत्येक पाली ५०÷५० ओभरको खेलाइन्थ्यो।

यसका अतिरिक्त भारतले सन् २००७ मा महेन्द्रसिंह धोनीकै कप्तानीमा टीट्वेन्टी विश्वकपको उपाधि पनि जितेको थियो। भारतले फाइनलमा पाकिस्तानलाई पाँच रनले हराएको थियो। वेस्ट इन्डिजले ६० ओभर र २० ओभरको विश्वकप दुई÷दुई पटक जिते पनि ५० ओभरको विश्वकप जित्न सकेको छैन।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.