इन्डिजसँग जितको विकल्प छैन

इन्डिजसँग जितको विकल्प छैन

म्यानचेस्टर : विश्वकप क्रिकेटको बिहीबार हुने खेलमा अस्तित्व रक्षाको अभियानमा रहेको वेस्ट इन्डिजले बलियो भारतसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल म्यानचेस्टरस्थित ओल्ड ट्राफोर्ड मैदानमा नेपाली समयअनुसार दिउँसो ३:१५ बजे सुरु हुनेछ। यी दुवै टोली पहिलो संस्करणदेखि नै विश्वकपमा सहभागी हुँदै आएका छन्।

 

भारत र वेस्ट इन्डिज दुवैले हालसम्म दुई÷दुई पटक विश्वकपको उपाधि जितेका छन्। बलियो इतिहास बोकेको वेस्ट इन्डिजले पहिलो र दोस्रो विश्वकपको उपाधि जितेको थियो। भारत भने सन् १९८३ र सन् २०११ मा विश्वकप विजेता बनेको थियो। जारी विश्वकपमा भने यी दुवै टोलीको आआफ्नै कथाव्यथा छ।

 

हालसम्म पाँच खेल खेलेको भारत अपराजित टोली हो। चार खेल जितेको भारतको एक खेल भने वर्षाका कारण रद्द भएको थियो। बिहीबार हुने खेल पनि जितेर भारत आफ्नो अपराजित यात्रा कायम राख्न चाहन्छ। अर्कोतिर वेस्ट इन्डिजले भने ६ खेल खेलिसकेको छ। चार खेलमा पराजित भएको क्यारेबियन टोलीले एक खेलमात्र जित्न सकेको छ।

 

वेस्ट इन्डिजको पनि एक खेल वर्षाका कारण रद्द भएको थियो। त्यसैले भारतविरुद्घको खेलमा वेस्ट इन्डिजसामु जितेको विकल्प छैन। ६ खेलबाट केवल तीन अंक जोड्न सकेको वेस्ट इन्डिज बिहीबारको खेलमा पराजित भए उपाधि होडबाट बाहिरिने तेस्रो टोली बन्नेछ। अफगानिस्तान र दक्षिण अफ्रिका यसअघि नै उपाधि होडबाट बाहिरिइसकेका छन्।

 

जारी विश्वकपमा भारत बलियो टोलीको रूपमा देखिएको छ। भारतको सबै पक्ष उत्कृष्ट छ। औंलाको चोटका कारण आफ्ना प्रभावशाली ब्याट्सम्यान शिखर धवन प्रतियोगिताबाट बाहिरिएपछि भने भारतलाई केही धक्का लागेको थियो। यद्यपि, भारतीय टोलीसँग क्षमतावान ब्याट्सम्यान र बलरको कमी छैन। अनुभवी बलर भुवनेश्वर कुमार पनि चोटमुक्त भएर खेलमा फर्कने निश्चित भएको छ।

 

अर्कोतिर, पछिल्लो समय एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिजको प्रदर्शन खासै सन्तोषजनक देखिँदैन। वेस्ट इन्डिजको ब्याटिङ खासै चल्न सकेको छैन। वेस्ट इन्डिजको बलिङ भने स्तरीय छ। यी दुई टोलीबीच हालसम्म खेलिएको एकदिवसीय क्रिकेटको तथ्यांकले भने भारतको तुलनामा वेस्ट इन्डिजलाई केही बलियो देखाउँछ। यी दुई टोलीबीच पहिलो एकदिवसीय सन् १९७९ मा खेलिएको थियो।

 

यी दुई टोलीबीच हालसम्म एक सय २६ एकदिवसीय खेल भएको छ। वेस्ट इन्डिजले ६२ खेल जितेको छ भने भारतले ५९ खेलको नतिजालाई आफ्नो पक्षमा पारेको छ। यसैगरी यसअघि यी दुई टोलीबीच विश्वकपमा कुल आठ खेल खेलिएको छ। त्यसमा भने वेस्ट इन्डिजभन्दा भारत केही बलियो देखिन्छ। भारतले पाँच खेल र वेस्ट इन्डिजले तीन खेल जितेका छन्।

 

यी दुई टोलीबीच बिहीबार हुने खेल मौसमको मारमा पर्न सक्ने सम्भावना पनि उत्तिकै छ। मंगलबारदेखि म्यानचेस्टरको मौसम बिग्रिएको छ। बाक्लो बादल र वर्षाका कारण भारतको नियमित अभ्यास पनि प्रभावित भएको छ। त्यसैले बिहीबारको खेल पनि वर्षाबाट प्रभावित हुन सक्ने सम्भावना रहेको मौसम विभागको अनुमान छ। आजको खेल

 

 भारतविरुद्घ वेस्ट इन्डिज

 

ओल्ड ट्राफोर्ड (दिउँसो ३:१५ बजे)

 

एकदिवसीयमा दुई टोली

 

कुल : १२६ खेल

 

वेस्ट इन्डिज विजयी : ६२ खेल

 

भारत विजयी : ५९ खेल

 

बराबरी : २ खेल

 

अनिर्णित : ३ खेल

 

विश्वकपमा दुई टोली

 

कुल : ८ खेल

 

भारत विजयी : ५ खेल

 

वेस्ट इन्डिज विजयी : ३ खेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.