आर्थिक प्रलोभन दिई आरोपितले अवैध गर्भ जिम्मा लगाए

आर्थिक प्रलोभन दिई आरोपितले अवैध गर्भ जिम्मा लगाए

भोजपुर : सुस्त मनस्थिति भएकी महिलाको अवैध गर्भको जिम्मा लगाउन पैसाको मोलमोलाई भएको छ। भोजपुर नगरपालिकाकी २५ वर्षीया ती महिलालाई गर्भवती बनाएका स्थानीय ‘राजन’ भनिने मोहनलाल बास्तोला स्वयंले अवैध गर्भको जिम्मा लगाउन एक अपांग युवकलाई ८० हजार रकमको प्रलोभन देखाएको घटना बाहिर आएको हो।

आरोपित मोहनलालले महिलाको जिम्मा लगाउन मोलमोलाई गरेको थाहा पाएपछि पीडित महिलाका माइती पक्षले दोषीको कारबाहीका लागि प्रहरीमा दिएको उजुरीपछि घटना बाहिर आएको थियो।

अन्नपूर्णलाई पीडित महिलाका परिवारले उपलब्ध गराएको साक्षीपत्रमा वैशाख १९ गते दुईपक्षबीच सहमति भएको देखिन्छ। गत वैशाखमा अवैध गर्भ बोकेको थाहा पाएपछि पीडित महिलाका माइती पक्षले जनप्रतिनिधि र प्रहरी गुहारेका थिए। सोधपुछपछि गर्भवती बनाउने बास्तोलाले आफूले गर्भवती बनाएको स्वीकार्दै अवैध गर्भको जिम्मा लिएका थिए।

तर ८ महिनाको गर्भ रहेकी ती महिलाको जिम्मा लगाउन आरोपित मोहनलालले एक अपांगता भएका अरुण गाउँपालिका ५ याकुका एक युवकलाई पैसाको प्रलोभनमा फसाएको घटना बाहिर आएको हो।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरका अनुसार घटनामा आरोपित बास्तोला फरार छन्। उनको खोजी भइरहेको छ।

ती महिला ५ वर्षका छोरोसहित माइतीमा बस्दै आएकी थिइन्। सोधपुछका क्रममा पीडित महिलाले मोहनलालले आफूलाई जिम्मा लिए पनि घर नलगी तिवारीभञ्ज्याङको साबुङमा लगेर एक साता राखेको बताएकी छन्। उनको दिमागी हालत सुस्त रहेको पारिवारिक स्रोतले जनाएको छ।

विवाहित रहेका मोहनलालले ती अपाङ्गता भएका युवक र उनको परिवारलाई ललाईफकाई गरेर ती महिलाको जिम्मा लगाएर गएको पीडित युवकका परिवारको गुनासो छ। ‘८० हजार रकम दिन्छौ बिहे गर्नुपर्‍यो भने। छोरा अपाङ्ग छ। सहारा पनि चाहिएको थियो। हुन्छ भन्यौँ', पीडित युवककी आमा भन्छिन्, 'अहिले पो थाहा भयो केटीले अर्काको गर्भ बोकेकी रैछिन्, पैसा पनि दिएनन्।’

आरोपित मोहनलालले कबुल गरेअनुसार युवकको परिवारलाई पैसा नदिएको र माइती पक्षले खोज्दै जाँदा अर्कैलाई जिम्मा लगाएको भेटेपछि गुपचुप भइसकेको घटना बाहिर आएको हो।

आर्थिक रुपमा कमजोर दुवै पीडित परिवार अड्डा अदालत धाउने, मुद्दा मामिला गर्ने पहुँच र पैसा नभएको गुनासो गर्छन्।

प्रहरी प्रशासनले समेत आफूहरूलाई परेको मर्कालाई गम्भीर नलिएको उनीहरूको गुनासो छ। छोरीचेलीलाई जिम्मा लिएर बिचल्ली पारेर अर्कैलाई ‘वस्तुभाउ विक्री गरे’ जस्तो बाटोमै बेचेर हिँड्ने मोहनलाल र त्यसमा संलग्नलाई कारवाही गर्नुपर्ने र पीडित महिलालाई संरक्षण गरिदिनुपर्ने माइती पक्षको माग छ।

कानुनी जटिलता

डीएसपी नरबहादुर सलामी मगरले घटनामा कानुनी जटिलता देखिएको बताए। ‘मोहनलाललाई बहुविवाहको मुद्दा सुरु गर्दा महिला अर्कैसँग गइसकेको देखिन्छ र जिम्मा लगाउन समाज नै साक्षी बसेको छ। उनीहरू सबै दोषी देखिन्छन्’, डीएसपी मगरले भने, ‘अवैध गर्भ बोकाएकाले जबरजस्ती करणीमा मुद्दा सुरु गर्दा पीडित महिला जिम्मा लगाएको अपांग केटासँग छन्। मानव बेचविखनमा मुद्दा सुरु गर्दा महिलाको साथमा रहेका अपांग युवकसमेत दोषी देखिन्छ।’

डीएसपी मगरले प्रारम्भिक अनुसन्धानमा फरार रहेका मोहनलाल र केही व्यक्ति दोषी देखिएकाले उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन प्रहरीले पहल थालिसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.