विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन ठेक्कामा तोकिए भन्दा १ अर्ब ७३ करोड बढी

विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको भवन ठेक्कामा तोकिए भन्दा १ अर्ब ७३ करोड बढी

धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निर्माणधिन मातृशिशु उपचार केन्द्रको भवन निर्माणमा व्यापक अनियमितता गरेको पाइएको छ ।

प्रतिष्ठानको प्रसुति सेवा विस्तार गर्ने योजनाका साथ सुरु गरिएको भवन निर्माणमा तत्कालिन पदाधिकारीहरुले ७६ करोड बजेट स्विकृत गराएकोमा २ अर्ब ४६ करोड रुपैयाँमा ठेक्का लगाइएको छ ।

प्रतिष्ठानमा प्रसुति गराउन आउने गर्भवती महिलाहरुले बेड अभावका कारण खाली चौरमा बच्चा जन्माउने र उपचार अभावमा ज्यान गुमाएका घटना बढ्न थालेपछि प्रतिष्ठानको सिनेट बैठकले ७६ करोड लागतमा ४ सय बेड क्षमताको मातृशिशु उपचार केन्द्र बनाउने निर्णय गरेको थियो ।

तर, प्रतिष्ठानका तत्कालिन पदाधिकारीहरुले सिनेट बैठकको निर्णय विपरित र स्वास्थ्य मन्त्रालयबाट स्विकृत नगराइ ठूलो रकमको आर्थिक चलखेल गरी भवन निर्माणमा गैरकानुनी रुपमा ठेक्का लगाएको पाइएको हो ।

भवन निर्माणमा ठूलो रकम चलखेल गरी भवन निर्माणको ठेक्का लगाएको भेटिएको भन्दै तत्कालिन स्वास्थ्यमन्त्री दीपक बोहोराले भवन निर्माणको काम रोक्न निर्देशन दिएपछि निर्माण कार्य अगाढि बढ्न सकेको छैन ।

प्रतिष्ठानको हाताभित्र निर्माण थालिएको ४ सय बेड क्षमताको मातृशिशु स्याहार केन्द्रको ७६ करोड वजेट  स्विकृत गरिएपछि भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए ।

प्रतिष्ठानका तत्कालिन उपकुलपति बलभद्रप्रसाद दास, तत्कालीन शिक्षाध्यक्ष विक्रमप्रसाद श्रेष्ठ, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र तत्कालीन निर्देशक अरविन्द्रकुमार सिन्हाको मिलेमतोमा एक अर्ब ७३ करोड बढी रकममा भवन निर्माणको ठेक्का लगाएको पाइएको छ ।

हाल रजिष्ट्रार श्रेष्ठ बाहेक अन्य तीनजना पदाधिकारीको पदावधि सकिएको छ । तीनैजना  प्रतिष्ठानमै प्रोफेसर चिकित्सकको रुपमा कार्यरत छन् । सिनेट बैठकमा कम मुल्यमा बजेट स्विकृत गरी चारजना पदाधिकारी मिलेर महंगो रकममा भवन निर्माण गरिएको भन्दै प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरुले अवैध रुपमा भवन निर्माणको ठेक्का लगाउनेहरुमाथि छानविन गरी कडा कारवाहीको माग गरेका छन् ।

४ लाख २५ हजार स्क्वायर फिटको चारतले सुविधा सम्पन्न भवन सम्पन्न गर्नका लागि स्थानीय दररेट भन्दा काठमाडौंको महंगो दररेट राखेर प्रतिष्ठानका पूर्व पदाधिकारीहरुले ठेक्का लगाइ प्रतिष्ठानमा ठूलो रकम आर्थिक चलखेल गरेको प्रतिष्ठानका नर्देशक गौरीशंकर साहले बताए ।

भवन निर्माणकर्ता रसुवा कन्ट्रक्शनले पूर्व उपकुलपति दासका पालामा ४४ करोड र प्रतिष्ठानमा डा. राजकुमार रौनियार उपकुलपति बनेर आएपछि ३७ करोड गरी जम्मा रकम ८१ करोड भुक्तानी दिएको छ । २०७३ जेष्ठ १३ गते प्रतिष्ठानका तत्कालिन उपकुलपति दासले ४०० बेडको मातृशिशु भवनको डिजाइन, ड्रइङ र दररेटको स्विकृत गरी टेन्डर आव्हान गरी ठेक्का लगाएका थिए ।

प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठले मातृशिशु उपचार भवनको ठेक्का लगाउँदा सिनेट बैठकबाट ७६ करोड स्विकृत गरेको भए पनि डिजाइन परिवर्तन गरी सैद्धान्तिक सहमतिका आधारमा निर्माणको ठेक्का लगाएको बताए । पहिला तीनतले भवन निर्माण गर्ने गरी ७६ करोडको बजेट स्विकृत गरिएको भए पनि पछि चारतलाको डिजाइन गरी रकम बढाएको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.