संरचना नबिगारी परीक्षण

संरचना नबिगारी परीक्षण

काठमाडौं : भौतिक संरचना नबिगारीकनै गुणस्तर परीक्षण गर्न सकिने भएको छ। राष्ट्रिय सतर्कता केन्द्रले नन–डिस्ट्रिक्टिभ टेस्टिङ (एडीटी) विधिबाट संरचनामा क्षति नपुर्‍याई भौतिक संरचनाको गुणस्तर परीक्षण सुरु गरेको हो। विकास निर्माणका आयोजनाको गुणस्तर परीक्षण गर्न सतर्कता केन्द्रले यही विधिलाई अवलम्बन गर्ने केन्द्रका सहसचिव अनन्त आचार्य बताउँछन्।

सिमेन्ट कंक्रिट (आरसीसी) प्रयोगबाट निर्माण गरिने भौतिक संरचना नभत्काई परीक्षण गर्न नन–डिस्ट्रिक्टिभ टेस्टिङ (एडीटी)का उपकरण नेपाल भिœयाइएको छ। यसका लागि करिब ७५ लाख रुपैयाँमा १० वटा एडीटी मेसिन खरिद गरिएको छ। यी उपकरण अमेरिका, स्विट्जरल्यान्ड र जर्मनीबाट खरिद गरिएको बताइएको छ।

नयाँ उपकरणले अल्ट्रासाउन्ड र ह्यामरिङ प्रविधिको माध्यमबाट आरसीसी ढलानबाट निर्मित भौतिक संरचनाको जाँच गर्नेछ। ‘नन–डिस्ट्रिक्टिभ टेस्टिङबाट समय र पैसाको बचत हुन्छ। अहिलेसम्म भौतिक संरचना फुटाएर तथा भत्काएर मात्र जाँच गर्नुपर्ने बाध्यता छ’, आचार्यले भने, ‘यसले गर्दा शंकाको भरमा गुणस्तरीय संरचना जाँच गर्दा पनि फुटाउनुपर्ने अवस्था छ। गुणस्तरीय संरचना बिग्रिने भत्किने सम्भावना थियो।’ एडीटी प्रविधिले त्यस्तो बाध्यकारी अवस्थालाई निरुसाहित गरेको उनको भनाइ छ।

राष्ट्रिय सतर्कता केन्द्रले अधिकार क्षेत्रभित्र विकास निर्माणका योजनामा गुणस्तरीयता कायम गरी तोकिएको समय तथा लागतमा गुणस्तरीय कार्य सम्पन्न भए नभएको अनुगमन तथा निगरानी गर्दै आएको छ। उजुरीका आधारमा र नियमित अनुगमन केन्द्रले मापदण्डअनुसार काम भए नभएको अनुगमन गर्दै आएको छ। तर, केन्द्रसँग भौतिक संरचनाको परीक्षण गर्ने उपकरणको अभावमा कुनै ठाउँमा संरचना भत्काएर, उप्काएर गर्नुपथ्र्यो। उपकरणको अभावले केन्द्रले प्रभावकारी रूपमा अनुगमन गर्न सकेको थिएन। यसले गर्दा केन्द्रको औचित्यमाथि बारम्बार प्रश्न उठ्ने गरेको छ। प्रविधि तथा विकास समितिमा पनि केन्द्रले प्रभावकारी रूपमा अनुगमन गर्न नसकेको भनेर सांसदले प्रश्न तेस्र्याएका थिए।

हाल खरिद गरिएको उपकरणको सहायताबाट भौतिक संरचना नभत्काई परीक्षण गर्न सकिने र भएको त्रुटिको पनि यकिन हुनेछ। कंक्रिट पुल, सडक, भवनलगायत सार्वजनिक पूर्वाधारमा गुणस्तरहीन साम्रगीको प्रयोग गरेर कमसल रूपमा निर्माण भएको धेरै उजुरी प्राप्त भए पनि यसअघि त्यसको सही तरिकाले जाँच गर्न नसकिएको उनी स्वीकार गर्छन्। ‘वैज्ञानिक ढंगले संरचनामा कुनै क्षति नपुर्‍याई जाँच गर्ने प्रविधि भित्रिसकेको छ। निर्माणकर्ताले गुणस्तरहीन संरचना निर्माण गरेर सरकारको आँखामा छारो हाल्न सक्ने छैनन्’, उनले भने, ‘एडीटी प्रविधिले भौतिक संरचनामा भएको कमसल कामको यकिन विवरण तत्कालै दिन्छ।’

गैरजिम्मेवार र कमसल कामको उजुरी पर्नासाथ केन्द्रबाट नियमित अनुगमन गर्दा एडीटीको प्रयोग गरिने केन्द्रले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.