मुढा पल्टाउँदा किशोरीको मृत्यु, मुढा पल्टाउने चारजना प्रहरी नियन्त्रणमा

मुढा पल्टाउँदा किशोरीको मृत्यु, मुढा पल्टाउने चारजना प्रहरी नियन्त्रणमा

बागलुङ : बागलुङको बडीगाड गाउँपालिका–६ चिच्चौरमा काठको मुढा पल्टाउने क्रममा एक किशोरीको ज्यान गएको छ ।

जगंलमा काठ काटेर भीरबाट मुढा पल्टाउने क्रममा मुढाले लागेर १७ वर्षीया सुमना थापाको घटनास्थलमै मृत्यु भएको हो । खरबारीमा बाख्रा चराउन गएको अवस्थामा मुढाले लागेर किशोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक ओमप्रकाश यादवले जानकारी दिए ।

मृतक थापाको शव बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टम गरी परिवारलाई बुझाइएको र पोस्टमार्टम रिपोर्ट आएपछि थप अनुसन्धान गरिने यादवले बताए ।

मुढा पल्टाउने कार्यमा संलग्न रहेका बडीगाड–६ का २८ वर्षीय मोहलाल पुन, २१ वर्षीय सुमन केसी, बडीगाड ७ का ३२ वर्षीय तिलक गुरुङ र बडीगाड–९ का २६ वर्षीय नरबहादुर माकिमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु सबैलाई थप अनुसन्धानको लागि जिल्ला सदरमुकाम बागलुङ पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.