'वर्थ डे' खर्चबाट विपन्नलाई घर

'वर्थ डे' खर्चबाट विपन्नलाई घर

ओखलढुंगा : जन्मदिन मनाउने चलन नेपालीमा अनिवार्य जस्तै बनेको छ। मनाउने तरिका पनि फरक फरक छन्। धेरैले आफन्त र साथीभाइ बोलाएर पार्टी दिन्छन् भने कतिपयले त होटलमा नै पार्टी दिएर जन्म दिन मनाउने गर्छन्।पछिल्लो समय जन्मदिन खर्चालु पनि बन्दै गइरहेको छ।

बालबालिकामा त वर्थ डे मनाउने होडबाजी नै चल्छ। सानादेखि ठूलासम्म सबैले खर्च गरेर जन्मदिन मनाउने गर्छन्। तर, चम्पादेवी गाउँपालिका १० का वडाअध्यक्ष उज्जन बुढाथोकीले आफ्नो वडाका एक विपन्नलाई जन्मदिन मनाउने खर्चबाट आवाश निर्माण गरिदिएका छन्।उनले बस्ने बास बनाई दिएर जन्मदिन मनाएका हुन्।

बुढाथोकीले चम्पादेवी गाउँपालिका १० रानीवनका ८० वर्षीय गम्वसिं खड्काका लागि आवाश निर्माण गरिदिएका हुन्।  घर परिवार र आवाश समेत नभएका जेष्ठ नागरिकलाई माटो, बाँस तथा जस्ता प्रयोग गरेर आवाश निर्माण गरिदिएको वडा अध्यक्ष खड्काले बताए।

आवाश पाएपछि खड्का समेत दंग परेका छन्। आफूलाई आवाश बनाइ दिएर ठूलो गुन लगाएको खड्काले प्रतिक्रिया दिए । घर परिवारका सदस्य कोही नभएकाले खान लाउन समेत खड्कालाई समस्या रहेको छ। उनले आफूलाई खानेबस्ने व्यवस्था समेत गरिदिन माग गरे। उनी अशक्त समेत छन्।

जन्मदिन मनाउन फजुल खर्च गर्ने युवा पुस्तामाझ बुढाथोकी उदाहरणीय बनेका छन्। फजुल तथा देखावटी खर्च गर्ने प्रवृतिलाई समाज सेवामा लगाउँदा राम्रो हुन्छ भन्ने सन्देश दिन आफूले जन्मदिन मनाउने खर्चबाट विपन्नलाई आवाश निर्माण गरेको उनले बताए। बुढाथोकीले गर्त वर्ष २५ औं जन्म दिनमा पनि आफ्नो वडामा बेसाहरा बनेकी फिन्चेमाया सार्कीलाई खाद्यन्न सहयोग गरेका थिए भने बैठक भत्ता जोगाएर स्थानीय विद्यालयलाई एक सेट कम्प्युटरसहित कपी, कलम, सामान्यज्ञानसम्बन्धी पुस्तक उपलब्ध गराएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.