भारतमा ‘जय श्रीराम’को विवाद : अर्थशास्त्री अमत्र्य सेन पनि बोले
ललितपुर : नोबेल पुरस्कार प्राप्त गरेका अर्थशास्त्री अमत्र्य सेनले ‘जय श्रीराम’को नारा बंगाली संस्कृति नभएको टिप्पणी गरेका छन् ।
‘मैले आजभन्दा अघि कहिल्यै यस्तो किसिमबाट जय श्रीरामको नारा सुनेको थिइनँ ।’ सेनले भने । तर उक्त नारा आम मानिसलाई पिट्नको लागि दुरुपयोग गरिएको उनले बताए । साथै बंगाली संस्कृतिसँग यसको कुनै सम्बन्ध नरहेको उनको भनाइ छ ।
हिन्दु धर्म–परम्परा अनुसार दुर्गा माताको तुलना राम नवमीसँग गर्न नसकिने पनि सेनले बताए । दुई पक्ष बीच पार्किङको विषयलाई लिएर विवाद भएपछि सेनको यस्तो टिप्पणी आएको हो । विवादसँगै दिल्लीस्थित हौज काजी इलाकामा दुर्गा माताको मन्दिर भत्काइएको थियो । मे महिनाको विवादपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि ‘जय श्रीराम’नारा लगाउँदै आक्रोशित बनेकी थिइन् ।
पछिल्लो समय तृणमुल कांग्रेस र भाजपाका कार्यकर्ताबीच यो नारालाई लिएर विवाद हुँदैआएको छ । यही विषयलाई लिएर भाजपाका कार्यकर्ताले आन्दोलन गर्दा शुक्रबार मात्रै भाजपाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।