‘भारतबाट आयात भएको तरकारी र फलफूल प्रयोग नगर्नू’

‘भारतबाट आयात भएको तरकारी र फलफूल प्रयोग नगर्नू’

काठमाडौं : विवेकशील नेपाली दलले भारतबाट आयात हुने तरकारी र फलफूल प्रयोग नगर्न आग्रह गरेको छ । सरकारले भारतीय पक्षको दबाबमा भारतबाट आयात हुने विषक्त तरकारी परीक्षण रोक्ने निर्णय गरेकोप्रति आपत्ति जनाउँदै विवेकशीलले यस्तो आग्रह गरेको हो ।

पार्टीले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै सरकारको यो निर्णयले करोडौँ नागरिकको स्वास्थ्यमा असर पर्ने भन्दै उपयोग नगर्न आग्रह गरेको हो । 

‘यो कदमले केपी ओली सरकारले सत्तारोहण गर्नुअघि बनाएको राष्ट्र रक्षकको छविमै फेरि पेचिलो प्रश्न तेर्सिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सरकार नागरिकमुखी हुनुको सट्टा उल्टो करोडौँ नागरिकको स्वास्थ्यसँग सम्झौता गर्दै गर्दा हामी कस्तो समाजवाद उन्मुख हुँदै छौँ?’ 

नागरिकले विषादी रहित, स्वस्थ तरकारी तथा फलफूल उपभोग गर्न पाउने अधिकार कुण्ठित हुने भन्दै निर्णय फिर्ता लिन विवेकशीलको माग छ ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.