शिक्षिकालाई नशालु पदार्थ पिलाएर प्रिन्सिपलले नै गरे यौन शोषण

शिक्षिकालाई नशालु पदार्थ पिलाएर प्रिन्सिपलले नै गरे यौन शोषण

नयाँदिल्ली : भारतको राजधानी दिल्लीमै एक स्कुलका प्रिन्सिपलले शिक्षिकालाई नशालु पदार्थ सेवन गराउँदै यौन शोषण गरेको समाचार सार्वजनिक भएको छ ।

दिल्लीको जसोलास्थित एक स्कुलमा शिक्षिकालाई यौन दुव्र्यवहार तथा शोषण गरेको आरोपमा ती प्रिन्सिपललाई प्रहरीले पक्राउ गरेको छ । प्रिन्सिपलले अफिसमै नशालु पदार्थ पिलाएर यौन शोषण गरेको शिक्षिकाको आरोप छ । प्रिन्सिपलले आफ्नै हर्कतको भिडियो नै खिचेर भाइरल बनाउने धम्की समेत शिक्षिकालाई दिएको कुरा भारतीय संचारमाध्यमले जनाएका छन् ।

समाचारअनुसार यसअघि पनि ती प्रिन्सिपलले यस्ता हर्कत गर्दैआएका थिए । पीडित महिलाले राजधानीस्थित सरिता विहार थानामा मुद्दा दायर गरेकी हुन् । प्रिन्सिपलले २०१७ मै पहिलो पटक यस्तै दुव्र्यवहार गरेको कुरा यहाँका अधिकारीले जनाएका छन् । प्रिन्सिपलले ती शिक्षिकालाई अतिरिक्त कक्षाका लागि भन्दै स्कुल बोलाउँदै आएका थिए । आफ्नै कोठामा बोलाएर सफ्ट ड्रिङ्स पिलाएका थिए । जहाँ केही नशालु औषधि मिसाइएको थियो ।

यस क्रममा पीडित शिक्षिकाको आपत्तिजनक अवस्थाको भिडियो समेत प्रिन्सिपलले रेकर्ड गरेका थिए । र उक्त भिडियो भाइरल बनाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’गर्दैआएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.