धरानमा डेंगु नियन्त्रण बाहिर :  दैनिक बढ्दै बिरामी

धरानमा डेंगु नियन्त्रण बाहिर :  दैनिक बढ्दै बिरामी

धरान : धरान उपमहानगरपालिकामा ५० दिनदेखि फैलिएको डेंगु रोगको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन्। लामो समयसम्म डेंगु नियन्त्रण हुन नसक्दा पनि प्रदेश सरकारले नियन्त्रणका लागि कुनै योजना अगाडि सारेको छैन। 

जेठको सुरुदेखि देखा परेको डेंगु नियन्त्रणका लागि धरान उपमहानगरले जनप्रतिनिधि, कर्मचारी, टोल विकास समितिका सदस्य परिचालन गरी लामखुट्टे मार्ने अभियान चलाएको भए पनी डेंगु नियन्त्रण हुन सकेको छैन्।
 

अहिलेसम्म धरानमा डेंगु सक्रमितको संख्या १५ सय बढी पुगेको छ। जसमध्ये एक हजारले बीपी प्रतिष्ठान, एक सय ४४ाले विजयपुर अस्पताल, वीरेन्द्र मेडिकल र श्रेष्ठ मेडिकललगायतका निजी क्लिनिकमा उपचार गराइरहेका छन्। 

धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले जनशक्ति अभावका साथै केन्द्र र प्रदेश सरकारको सहयोग नपाएका कारण धरानमा प्रकोपका रुपमा देखापरेको डेंगु नियन्त्रणमा समस्या भएको बताइन्। 

धरान उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि सक्दो प्रयास गरेको भएपनी दक्ष जनशक्तिको अभावमा नियन्त्रणमा आउन नसकेको उनको भनाइ छ।

एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टसनामक लामखुट्टेले मानिसलाई टोकेपछि डेंगु रोग लाग्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए। 

धरानमा खानेपानी समस्याका कारण सर्वसाधारणले पानी खुला भाडामा जम्मा गर्ने गरेका कारण डेंगु नियन्त्रण बाहिर पुगेको उनको भनाइ छ। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.