दुबइका शासक शेखले पत्नीविरुद्ध दायर गरे बेलायतको अदालतमा मुद्दा

दुबइका शासक शेखले पत्नीविरुद्ध दायर गरे बेलायतको अदालतमा मुद्दा

लण्डन : संयुक्त अरब इमिरेट्सका शासक शेख मोहम्मद बीन रसिद आफ्नी श्रीमती भागेपछि न्याय खोज्दै बेलायत पुगेका छन् ।

उनले बेलायतको ‘लण्डन फेमिली कोर्ट’अदालतमा श्रीमती हायविरुद्ध मुद्दा दायर गरेका हुन् । जहाँ आगामी जुलाइ ३० मा फैसला हुने बताइएको छ । दुबइको राजकीय सुविधा छोडेर बेलायत पुगेको समाचार बेलायती संचारमाध्यमले सार्वजनिक गरेपछि शेख मोहम्मदले पनि बेलायतमै कानुनी उपचार खोजेका हुन् ।

जोर्डनका पूर्वराजाकी छोरी हया शेख मोहम्मदकी छैठौँ श्रीमतीको रुपमा रहँदैआएकी थिइन् । स्वतन्त्रताको लागि भन्दै आफ्नै छोरी युरोप छिरेपछि उनले पनि देश छोडेकी हुन् ।

श्रीमती हयाले देश नै छाडेपछि कविता नै लेखेका शेख कानुनी लडाइँको तयार देखिएपछि उनीहरुबीचको मुद्दा झन् पेचिलो बन्नसक्ने अन्तर्राष्ट्रिय मिडियाहरुको टिप्पणी छ ।

गत वर्ष मात्रै शेख तथा हयाकी छोरीले सार्वजनिक रुपमै आफूमाथि बन्देज लगाइएको भन्दै युरोप छिरेकी थिइन् । दुबइका उपराष्ट्रपति तथा प्रधानमन्त्री शेखले भने श्रीमती हयाले देश छाडेपछि उनैलाई सम्बोधन गर्दै गत साता कविता नै लेखेका थिए ।

‘तिमिले अमुल्य विश्वास तोड्यौ, र तिम्रो खेलको रहस्य खुल्यो !, तिम्रो ढाँट्ने समय समाप्त भइसकेको छ, र यसले पनि अर्थ राख्दैन कि, हामी के थियौँ र तिमी के छौ !’ यस्तै आशयको कविता उनले लेखेका थिए । ४५ वर्षीया हया र ६९ वर्षीय शेख मोहम्मदले २००४ मा विवाह गरेका थिए । शेखका हयासहित ६ श्रीमततीबाट ११ छोरी र ७ छोरा छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.