विषादी परीक्षणबारे प्रधानमन्त्रीको जवाफ : प्रक्रिया पूरा नगरी अघि बढिएछ, तयारी पुगेन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले तयारी नपुगेका कारण विषादी परीक्षण रोकेको बताएका छन् ।
नेकपा संसदीय दलको बैठकमा सांसदहरुले कसको दबाबमा परीक्षण रोकियो ? भनेर प्रश्न गरेपछि प्रधानमन्त्री ओलीले यस्तो जवाफ दिएका हुन् ।
प्रक्रिया पूरा नगरी अघि बढेका कारण समस्या भएको प्रधानमन्त्रीको भनाइ थियो । ‘हामीले आफ्नो प्रक्रिया पूरा नगरी अगाडि बढिएछ भन्ने महसुश भयो’, उनले भने, ‘मन्त्रालयबाट प्रस्ताव आएपछि पुनर्विचार गरेका हौँ । यसमा कुनै दबाब होइन । तयारी नै नपुगेकाले हो ।’