मिस जनजातिको ताज एलिजालाई

मिस जनजातिको ताज एलिजालाई

गोरखा : मिस जनजाति २०१९ को ताज गोरखाको दुर्गम गाउँ केरौंजाकी एलिजा गुरुङले पहिरिएकी छन्। राष्ट्रिय नाचघर जमलमा भएको प्रतिस्पर्धामा नौ जनालाई पछि पार्दै गुरुङले मिस जनजातिको ताज हात पारेकी हुन्।

 
मिस भ्यूअर्स च्वाइस र मिस बेस्ट हेयर, बन्न सफल गुरुङले नगद ५० हजारसहित मेडल प्राप्त गरेकी छन्। फाइनलका लागि एलिजासँगै १० जना भिडेका थिए। एलिजा तमु ह्युला छोजधि गुरुङ राष्ट्रिय परिषदको जिल्ला सदस्य र उत्तरी गोरखा तमु समाजको पनि जिल्ला सदस्य हुन्।
 
प्रतियोगितामा अप्सरा गोले फस्र्ट रनर अप र प्रेमकुमारी मगर सेकेण्ड रनर अप बने। उनीहरुलाई आयोजक संस्थाका सन्त लामा र गण्डकी प्रदेशकी सांसद मनकुमारी गुरुङले ताज पहिर्याएका थिए। 

साथै धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङले सम्मान गरेकी थिइन्। विभिन्न जातजाति, भेषभुषा, कला संस्कृति, रहनसहन, रीतिथितिको संरक्षण र राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्य रहेको एलिजा गुरुङले बताइन्। 

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.