प्रधानमन्त्रीलाई कालिबहादुरको सुझाव : 'छाला होइन, चाला फेर्नुस्'

प्रधानमन्त्रीलाई कालिबहादुरको सुझाव : 'छाला होइन, चाला फेर्नुस्'

काठमाडौं : सत्तारुढ नेकपा संसदीय दलको शनिबार बसेको बैठकमा राष्ट्रिय सभा सदस्य कालिबहादुर मल्लले 'फोहोर व्यवस्थापनको आयोजना' गरेको भन्दै नेताहरूलाई व्‍यंग्य गरे। व्यंग्यमात्र गरेनन्, 'फोहोर व्यवस्थापन गरेको' मा उनले प्रधानमन्त्रीसहित नेताहरूलाई धन्यवाद नै दिए।

उनको गुनासो थियो- पार्टी एकता भएको वर्षदिन पुगिसक्दा पनि बैठक राखिएन। बोल्ने ठाउँ पाइएन।

'फोहोर व्यवस्थापन गर्नुपर्दथ्यो, गर्न खोज्नुभयो, तपाईँहरूलाई धन्यवाद', संघीय संसद भवनमा भएको संसदीय दलको बैठकमा मल्लले व्यंग्यात्मक शैलीमा भने, 'धुम्बाराहीमा पनि फोहोर व्यवस्थापन भएको देखिएन, बालुवाटार र सिंहदरबारमा पनि देखिएन।'

पार्टी एकतालगायतका विषयमा नेताहरूले जथाभावी नबोल्न पहिले दिएको निर्देशनतर्फ संकेत गर्दै उनले भने- 'आज भन्दा एक वर्ष अगाडि जहाँ पायो त्यही फोहोर नगर्नू भन्नुभएको थियो। तर फोहोर व्यवस्थापन भएको धुम्बाराही गए पनि फेला पार्न सकिएन, बालुवाटार गएपनि देखिएन, सिंहदरवारमा पनि सकिएन। ६/७ महिनापछि औषधी खाएर कन्ट्रोल गरियो। आज सम्माननीय प्रधानमन्त्रीज्यूले दलका नेताको फोहोर व्यवस्थापनको आयोजना गर्नुभयो। धन्यवाद छ।'

सरकारले ल्याएको नयाँ आर्थिक वर्षको बजेटमाथि टिप्पणी गर्दै उनले संस्कृतको श्लोक सुनाए। भावार्थ पनि सुनाए- मिठो पनि बोल, साँचो पनि बोल। 'तर पार्टीको नीति त मिठो बोल भन्ने थियो। त्यसैले साँचो र मिठो दुवै बोल्न सकिएन', उनले भने, 'त्यसैले यहाँ मिठो नै बोलियो।'

जिल्लाका नेता कार्यकर्ताले अझै एमाले र माओवादी केन्द्रको एकतामाथि शंका गरिरहेको बताउँदै उनले एकता प्रक्रियालाई पूर्णता दिन नेताहरूको ध्यानाकर्षण गराए। 'पार्टी एक्ता ढिलो भयो। छिटो गर्नुपर्‍यो', उनले भने, 'जिल्लामा नेता कार्यकर्ताले हामीलाई एमाले र माओवादीको एकता के हो भनेर सोध्न थाले।   

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारको विरोध गर्नकै लागि मास्क लगाउनेहरू बढेको भनी गरेको टिप्पणीमाथि पनि उनले प्रतिक्रिया दिए। 'हिजो धूलो र मास्कका विषयमा फेरि प्रधानमन्त्रीले मास्क लगाउने सरकार विरोधी हुन् भनेको सुनेँ', उनले प्रश्न गरे- 'मास्क लगाउने मार्क्सवाद विरोधी हुन् र ?'

मल्लले मन्त्री परिवर्तन हुन लागेको चर्चाबारे टिप्पणी गर्दै काम गर्ने तरिका फेर्न सरकारलाई सुझाव दिए। 'मन्त्री फेर्ने भन्दा चाला फेर्नुस्', उनले भने, 'छाला नफेर्नुहोस्, चाला फेर्नुहोस्।'

संसदीय दलको बैठकमा शनिबार २२ जनाले आफ्नो धारणा राखेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.