उद्धार गरिएका बालकलाई अभिभावको जिम्मा लगाइयो

उद्धार गरिएका बालकलाई अभिभावको जिम्मा लगाइयो

बैतडी : बैतडीमा प्रहरीले दुईजना बालकको उद्धार गरेर घरपरिवारको जिम्मा लगाएको छ। गोठलापानी बजार भएर भारत जाँदै गरेका दार्चुलाको मालिकार्जुन गाउँपालिका २ भगवती न्वालपानी बस्ने १५ वर्षीय गौरव धामी र सोही ठाउँका महेशसिंह धामीलाई उद्धार गरी घरपरिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

उनीहरूलाई शुक्रबार साँझ गोठलापानी बजारबाट उद्धार गरिएको थियो। शनिबार बालकका अभिभावक मानसिंह धामीलाई बोलाएर जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट बालबालिकाहरू समेत कामका लागि भारत जानेका गरेका छन्।

सीमा क्षेत्रबाट प्रहरीले बालबालिकाहरुको उद्धार गर्दै आएको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.