सृजनाले ल्याइन 'सुनको पिँजडा'

सृजनाले ल्याइन 'सुनको पिँजडा'

धादिङ : कवि सृजना अर्याल अधिकारीले पहिलो एकल साहित्यिक कृतिको रुपमा कविता संग्रह 'सुनको पिँजडा' बजारमा ल्याएकी छिन्। धादिङमा रहेर साहित्यको क्षेत्रमा विशेष गरी छन्द कविता बढी लेखिरहने साहित्यकार अधिकारीको कविता संग्रह 'सुनको पिजडा'को विमोचन प्राध्यापक राजेन्द्र सुवेदी, प्राध्यापक डाक्टर रामचन्द लंसाल, प्राध्यापक लिलानाथ पौडेल, प्राध्यापक रामहरि लंसाल, साहित्यकार नरनाथ लुँइटेललगायतले गरेका हुन्।

पुस्तकमा नेपाली भाषाका विभिन्न छन्दका ५४ वटा कविता संग्रहीत छन्। वैदेशिक रोजगारको कारण परिवार र समाजमा आइपरेको विचलन, भूकम्प पछिको दयनीय अवस्था, तथा नारीको मर्मजस्ता विषयवस्तुमा आधारित रहेका कविता उक्त पुस्तकमा समेटिएका छन्।

कविता संग्रह विमोजन गर्दै प्राध्यापक सुवेदीले साहित्य सिर्जनाको क्षेत्रमा महिलाको संख्या न्यून रहेकोमा सृजनाको प्रयासले एउटा अर्को इँटा थपेको बताए। सृजनाले यसअघि साहित्यिक कृतिको रुपमा संयुक्त रुपमा गजल संग्रह ल्याएकी थिइन्।अधिकारी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको राष्ट्रब्यापी कविता प्रतियोगीतामा दोस्रो भएर राष्ट्रिपतिबाट पुरस्किृत समेत भएकी थिइन् ।पुस्तको नाम समेत दिइएको सुनको पिँजडा शीषर्कको शार्दुलविक्रीडित छन्दमा लेखिएको कविताको एक अंश: 

ल्यायौँ जंगलबाट अजाज यसरी पासो लगाईकन

राख्यौ भित्र अमूल्य स्वर्ण पिंजडा साँचो लगाईकन

ख्वायौ अन्न र भोजनादि कति हुन् नाना र चाचा कति 

सारा कर्म गर्यौ म स्वर्ण्पिंजडा भित्रै रमाउँ भनी ।

तिम्रा बालक बालिका खुसी हुँदै खेल्छन रमाइ अति

के के भन्न सिकाउँछन र सहजै भन्दिन्छु जानेजति

गोपी कृष्ण भनेँ, सिकेँ कति कुरा तिम्रो रमायो घर

रुन्छे त्यो विचरी चरी विरहमा सोच्दैनथ्यो क्वै तर।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.