ग्यास सिलिन्डर पड्केर आगो लाग्दा तीन घाइते

ग्यास सिलिन्डर पड्केर आगो लाग्दा तीन घाइते

वीरगन्ज : पर्साको पकहामैनपुर गाउँपालिका- ५ सबैठवामा आइतबार दिउँसो ट्रकको इन्धन ट्याङकी बेल्डिङ गर्ने क्रममा ग्यास सिलिन्डर पडकेर आगो लाग्दा तीनजना घाइते भएका छन्। दिउँसो १ बजेको समयमा ना ३ ख ७४२२ नम्बरको ट्रकको इन्धन ट्याङकी बेल्डिङ गर्ने क्रममा ग्यास सिलिन्डर पड्किदा आगोले जलेर बेल्डिङ गर्ने पसलका साहु र दुईजना मजदुर गरी ३ जना घाइते भएका हुन्।

घाइते हुनेहरुमा सबैठवामै घर भएका बेल्डिङ गर्ने पसलका साहु जितेन्द्र कुशवाहा, बेल्डिङ गर्ने मजदुर स्थानीय १७ वर्षीय मन्तोष कुशवाहा र १६ वर्षीय निपु चौरसीया रहेका छन्।घाइतेमध्ये मन्तोष र  निपुको अवस्था गम्भीर रहेको छ।घाइते तीनैजनाको नारायणी अस्पताल वीरगन्जमा उपचार भइरहेको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

सिलिण्डर पड्किएर लागेको आगोले ट्रक जलेको प्रहरी चौकी खेस्राहाका प्रहरी सहायक निरीक्षक यादवले जानकारी दिए। घाइते कुशवाहाले  ना ३ ख ७४२२ नम्बरको ट्रकको फुटेको इन्धन ट्याङकी बेल्डिङ गर्नु पूर्व ट्याङकीमा रहेको डिजेल खाली गर्न आफूले आग्रह गर्दा पनि ट्रकका चालकले नमानेपछि बेल्डिङ गर्ने क्रममा ग्याँस सिलिण्डरमा आगो लागेर दुर्घटना भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.