कांग्रेसमा महाधिवेशन विवाद

कांग्रेसमा महाधिवेशन विवाद

काठमाडौं : कांग्रेसमा महाधिवेशन कहिले गर्ने भनेर विवाद भएको छ। आइतबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक यसलाई एजेन्डामै नपार्ने अवस्थामा प्रभावित बन्यो। महाधिवेशनलाई एजेन्डा बनाउने सहमति भएपछि मात्र बैठक बसेको थियो। एजेन्डा प्रस्तुतिपछि बैठक असार २७ गतेसम्म स्थगन भएको छ।

‘हामीले नियमित महाधिवेशन आगामी फागुनमा गर्ने हो भने सबै कुरा छाडेर लागौं भनेका छौं’, केन्द्रीय सदस्य प्रदीप पौडेलले अन्नपूर्णसँग भने, ‘होइन भने महाधिवेशन कहिले गर्ने त्यो टुंगो लगाऔं। त्यसपछि संक्रमणकालीन विधानको व्यवस्थाअनुसार पार्टी संरचना बनाउन भनेका छौं।’

सभापति शेरबहादुर देउवाको निर्देशनअनुरूप महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा एजेन्डा प्रस्तुत गरेका थिए। त्यसपछि नियमावली संशोधन मस्यौदा समितिका संयोजक रमेश लेखकले पार्टीको नियमावली प्रस्तुत गरेका थिए। नियमावली मस्यौदा पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अध्ययनका लागि दिइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। बैठकको सुरुमा सभापति शेरबहादुर देउवा र अन्त्यमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेका राखेका थिए।

बैठकअघि पार्टी कार्यालय सानेपामा वरिष्ठ नेता पौडेलसहित पदाधिकारीबीच छलफल भएको थियो। त्यहाँ महाधिवेशनबारे एजेन्डा बैठकमा राख्नुपर्ने अडान पौडेलले लिएका थिए। देउवाले महाधिवेशन बैठकको एजेन्डा हुन नसक्ने बताएका थिए। बूढानीलकण्ठमा शनिबार बैठक गरी देउवा पक्षले ११ एजेन्डा तय गरेका थिए। नियमावली मस्यौदा पारित गर्ने, संरचना निर्माणबारे निर्णयदेखि भ्रातृसंगठन हँुदै जागरण अभियानको समीक्षासम्म उनीहरूको प्राथमिकतामा थियो।

आइतबार बैठकमा भने १४ वटा एजेन्डा प्रस्तुत गरियो। पार्टीको अन्तरिम संगठन संरचनापछि महाधिवेशनको कार्यतालिका निर्माण, क्रियाशील सदस्यता नवीकरण र वितरण, जागरण अभियान र केन्द्रीय अनुशासन समितिको प्रतिवेदन प्रस्तुति, लोकतान्त्रिक फोरम समायोजनबारे, भ्रातृ एवं शुभेच्छुक संस्थाको विधान संशोधन, अवधि सकिएका भ्रातृ संघ, जनसम्पर्क समिति, पार्टीका तर्फबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई निर्देशन दिनेलगायत एजेन्डा छन्।

शनिबार महामन्त्री शशांक कोइरालाको महाराजस्थित निवासमा छुट्टै बैठक बसेको थियो। बैठकले पार्टीको १४ औं महाधिवेशनबारे पार्टी पहिला स्पष्ट हुनुपर्ने र त्यसपछि मात्रै पार्टीका संरचनादेखि भ्रातृसंगठनबारे निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो। त्यसअनुसार आइतबार बैठकअगावै पार्टी कार्यालयमा सभापतिसँगको छलफलमा वरिष्ठ नेता पौडेलले आफ्नो अडान राखेको नेताहरूले जनाएका छन्।

जागरण अभियानपछि देउवाले पार्टीका संरचना निर्माणमा अग्रसरता लिएका थिए। त्यसपछि उनीइत्तर पक्षले पहिला नियमित प्रक्रियाअनुसार फागुनमा हुनुपर्ने महाधिवेशनबारे प्रस्ट पार्न दबाब दिन थालेका हुन्। विधानतः नियमित चार वर्षपछि नेतृत्वले बढीमा डेढ वर्षसम्म महाधिवेशन लम्ब्याउन सक्छन्। त्यसका लागि विशेष परिस्थिति हुनुपर्ने हुन्छ। सभापतिइत्तर बाहेक नेताले कांग्रेसका लागि विशेष अवस्था नरहेको भन्दै नियमित महाधिवेशनका लागि जोड दिँदै आएका छन्। सभापति पक्षका नेताले नयाँ विधानअनुसार तल्लो तहका संरचना निर्माण नगरेसम्म महाधिवेशनमा जान नसकिने बताउँदै आएका छन्।

पदाधिकारी तहमा छलफल लम्बिएकाले बैठक दिउँसोको सट्टा साँझ बसेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। ‘बैठकका लागि आन्तरिक छलफल महŒवपूर्ण हुन्छ’, प्रवक्ता शर्माले भने, ‘छलफल गर्दा कहिलेकाहीं निर्धारण गरिएको समयमा केही तल–माथि हुनु अनौठो होइन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.