सिप्रदीको ५१औं सर्भिस सेन्टर ग्वार्कोमा

सिप्रदीको ५१औं सर्भिस सेन्टर ग्वार्कोमा

काठमाडौं :  नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ग्वार्कोमा ५१औं सर्भिस सेन्टर संचालनमा ल्याएको छ।जयदेव ट्रेडिङ प्रालि सिप्रदीको ११ औँ आधिकारिक सर्भिस सेन्टर हो।

सिप्रदी कम्पनीका चिफ अफरेटिङ अफिसर राजेशप्रसाद गिरी तथा जयदेव प्रालिका संचालक जयप्रकाश चौधरीको उपस्थितिमा सिप्रदी कम्पनीका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरे।

कम्पनीका निर्देशक दाहालले सन् १९८२ मा स्थापना भएदेखि नै सिप्रदीले आफ्ना सर्भिस सेन्टरबाट ग्राहकलाई उचित सेवा दिँदै आएको बताए।उनले भने,' सर्भिस टिमले २४ सैं घण्टा सेवाप्रदान गरिरहेको छ र हामीलाई विश्वास छ कि यसले टाटा मोर्टसका उत्पादन खरिद गर्ने ग्राहकलाई आत्मविश्वास दिएको छ।'

त्यसैगरी सिप्रदीका चिफअफरेटिङ अफिसर राजेशप्रसाद गिरीले कुनै ग्राहकले टाटाका उत्पादन किन्छ भने उसले सेवाहरू प्राप्त गर्ने अधिकार पनि सँगै प्राप्त गर्ने बताए।

जयदेव ट्रेडिङले पिकअप गाडीहरू, साना कमर्सियल भेइकल र प्यानलभ्यान मर्मतमा विशेष सयहोग पुर्‍याउनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.