भोजपुरमा प्रहरी-विप्लव कार्यकर्ताबीच गोली हानाहान,  दुईको मृत्यु

भोजपुरमा प्रहरी-विप्लव कार्यकर्ताबीच गोली हानाहान,  दुईको मृत्यु

काठमाडौं : भोजपुर सदरमुकाममा नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताको गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको छ। सदरमुकामको शनिबारे हटिया लाइनमा बुधबार बिहान सवा आठ बजेतिर गोली लागेर एक प्रहरी जवानको मृत्यु भएको हो। 

प्रहरीको जवाफी फायरिङका विप्लवका एक कार्यकर्ताको पनि मृत्यु भएको प्रहरीले बताएको छ। सदरमुकाममा विप्लव कार्यकर्ता हतियारसहित प्रवेश गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथि विप्लव कार्यकर्ताले सुरुमा गोली प्रहार गरेका थिए। विप्लव कार्यकर्ताको गोली लागेर प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले जानकारी दिए। 

थापाकाअनुसार जवाफी फायरिङमा विप्लवका एक कार्यकर्ताको मृत्यु भएको छ।  मृत्यु हने विप्लव कार्यकर्ता ओखलढुंगाका जिल्ला इन्चार्ज निरकुमार राई रहेको खुलेको छ। 

प्रहरीले उनको साथबाट एक थान चाइनिज पेस्तोल, र पाँच राउन्ड गोली बरामद गरिएको जानकारी दिएको छ। भोजपुरमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रदेश एकको केन्द्रबाटसमेत प्रहरी घटनास्थलतर्फ गइरहेको छ। 

गत फागुनमा सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाएपछि विभिन्न हिंसात्मक घटना हुँदै आएका छन्। सरकारले विप्लवका कार्यकर्तालाई उच्च निगरानी राखेको छ।

मृतक दुवैको शव अहिले  जिल्ला अस्पताल भोजपुरमा राखिएकाे छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.