सिन्धुलीमा कार र हायस ठोक्‍क‍िँदा १० घाइते, ३ को अवस्था गम्भीर

सिन्धुलीमा कार र हायस ठोक्‍क‍िँदा १० घाइते, ३ को अवस्था गम्भीर

सिन्धुली : बनेपा -बर्दीबास (विपी) राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका- ६ चइनपुरमा एक नीजि कार र हायस ठोक्‍किँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता लोकदर्शन थापाका अनुसार बुधबार बिहान काठमाडौंबाट सिन्धुलीतर्फ आउँदै गरेको बा ५ ख २२९८ नम्बरको हायस र बा १४ च ८५१८ नम्बरको कार आपसमा ठक्‍कर खाँदा कार र हायस दुबैमा सवार १० जना यात्रु घाइते भएका हुन्।

सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ६७९० नम्बरको सुमोलाई सोही दिशाबाट काठमाडौं जाँदै गरेको कारले ओभरटेक गर्दा हायससँग ठोक्‍किदा दुर्घटना भएको हो।

सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीरलाई काठमाडौं पठाइएको छ।दुबै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.