उपभोक्ता समितिको १२ लाख ८० हजार समितिकै सदस्यले लुटेर भागे

उपभोक्ता समितिको १२ लाख ८० हजार समितिकै सदस्यले लुटेर भागे

धादिङ : बाटो निर्माण उपभोक्ता समितिले बैंकबाट निकालेको पैसा उपभोक्ता समितिकै सदस्यले लुटेका छन् ।

धादिङको खनियावास गाउँपालिका–२ झार्लाङको अक्थली–फ्याजा गाउँ सडक निर्माण उपभोक्ता समितिको पैसा बैंकबाट निकाल्ने वित्तिकै समितिकै सदस्य राम बहादुर तामाङले लुटेर फरार भएका थिए ।

पैसा लिएर सम्पर्क विहीन भएपछि उपभोक्ता समितिका अध्यक्ष कान्छा तामाङ लगायतले प्रहरीमा उजुरी गरेपछि फरार रामबहादु तामाङ भने मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा नागढुङ्गाबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुमार बैदवारले भने, ‘मौखिक उजुरी आउने वित्तिकै जिल्लाका र नाकाका सबै प्रहरी युनिटमा रामबहादुरको हुलिया सहित सूचना पठाएको थियौँ, धादिङ प्रहरीकै सूचनाका आधारमा मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा नागढुङ्गा प्रहरीले उनलाई पक्राउ गरेको छ ।’

रामबहादुरको साथमा नगद रहे–नरहेको भने प्रहरीले खुलाएको छैन । जम्मा १७ लाख ८० हजार रुपैयाँको चेक साटिएको भए पनि पाँच लाख धरौटी रकम राखिदिनेको खातामै फिर्ता गरिएकाले नगद निकालेको १२ लाख ८० हजार रुपैयाँ लुटेर सम्पर्क विहीन भएपछि प्रहरीलाई खवर गरिएको उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए ।
कान्छाका अनुसार डोजर साहुलाई पैसा लिन बोलाइएको थियो । तर झार्लाङकै अन्य ‘टोले केटा’हरुले पनि मैसा माग्दै धम्क्याइरहेको अध्यक्ष कान्छाले बताए । साथै बैंकबाट पैसा ल्याएको झोला नै रामबहादुरलाई बोक्न दिएको उनले बताए । तर आफूहरुलाई छक्याएर फरार भएको उनको भनाइ छ ।

उक्त बाटो खन्नको लागि गाउँपालिकाले ४५ लाख रुपैयाँ विनियोजन गरेको थियो । काम हुँदै गर्दा रनिङ विलको आधारमा पैसा निकाल्दै काम गरिरहे पनि काम सम्पन्न भएपछि बाँकी रकम निकाल्ने बेलामा पैसा लुटेर फरार भएको जानकारी पाएको खनियावास २ का वडाध्यक्ष टेक बहादुर तामाङले बताए ।

झार्लाङकै स्थानीयका अनुसार रामबहादुरले विगतमा पनि विभिन्न योजनामा पैसा हत्याउने र उपभोक्ता समितिहरुलाई धम्याएर पैसा असुल्ने गरेका थिए । यसअघि पनि एक योजनाको ७ लाख रुपैयाँ यसैगरी लुटेर फिर्ता नै नगरेको स्थानीय जीतबहादुर तामाङ बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.