रानीपोखरीको बालगोपालेश्वर पुनर्निर्माण गर्न सम्झौता

रानीपोखरीको बालगोपालेश्वर पुनर्निर्माण गर्न सम्झौता

काठमाडौं : रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर पुनर्निर्माणका लागि सम्झौता भएको छ। मन्दिर, मन्दिरसम्म पुग्ने पुलका साथै पोखरी वरिपरिको बगैंचा पुनर्निर्माण हुने भएको हो।

राष्टिय पुनर्निर्माण प्राधिकरण र निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

पत्रमा प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख शिवहरि शर्मा र कम्पनीका तर्फबाट शान्तकुमार श्रेष्ठले हस्ताक्षर गरे। १४ करोड २७ हजार ५ सय ५७ रुपैयाँमा निर्माण हुनेछ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बालगोपालेश्वर प्रताप मल्लकालीन शिखर शैलीमा बन्ने बताए।

प्राधिकरणका कार्यकारी सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले रानीपोखरीको पुनर्निर्माण गर्दा मन्दिर पुनर्निर्माणमा र मन्दिर पुननिर्माण गर्दा रानीपोखरी पुनर्निर्माणमा असर नपार्ने गरी समन्वयात्मक ढंगले काम गर्न सुझाव दिए।

निर्माण व्यवसायी शान्तकुमार श्रेष्ठले प्राधिकरण, उपभोक्ता समिति लगायतसँग सहकार्य र समन्वय गर्दै सम्पदाको मौलिकतालाई विशेष ध्यान दिएर बालगोपालेश्वर मन्दिर, पुल र वरिपरिको क्षेत्रमा पुनर्निर्माणको काम गर्ने प्रतिबद्धता जनाए।

रानीपोखरी उपभोक्ता समितिमार्फत रानीपोखरीको पिँध र वरिवरि पर्खाल लगाउने काम भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.