१३ दिने शिशुको अपहरणपछि उद्धार : नन्द-भाउजू पक्राउ

१३ दिने शिशुको अपहरणपछि उद्धार : नन्द-भाउजू पक्राउ

धरान : सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति एक शिशुको अपहरण भएको छ  । प्रसूति वार्डबाटै १३ दिनका नवजात शिशुको अपहरण भएको हो । अपहरणमा भोक्राहा–१ की बबिता मेहताको १३ दिने छोराको तीन घण्टापछि उद्धार गरिएको हो । 

बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुईजना महिलाले १३ दिनको नवजात शिशुको अपहरण गरेका थिए। अपहरण भएको थाहा पाउन साथ प्रहरीमा खबर गरेपछि शिशुको उद्धार गरिएको थियो । 

नवजात शिशुको अपहरणमा संलग्न दुई महिलालाई समेत प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका डीएसपी ढुण्डिराज न्यौपानेले बताए । 

अपहरणमा संलग्न धरान १५ माइती भई भारतको दिल्ली घर भएकी वर्ष २७ की लीला विक र उनकी भाउजू मीना लिम्बू (विक)लाई पक्राउ गरिएको उनले बताए।

डीएसपी न्यौपानेले अपहरणमा परेका नवजात शिशुलाई अपहरणकारीले भारतको दिल्ली लैजाने तयारी गरेको बताए । लीलाका सन्तान नभएका कारण आफूले छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको प्रहरीलाई बयान दिएकी छिन् । 

नवजात शिशुको अपहरणमा संलग्न नन्दभाउजू महिला ।  तस्बिर : रत्नप्रसाद आचार्य ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.