घुससहित पक्राउ परेका उपकुलपति रौनियारलाई लगियो काठमाडौं

घुससहित पक्राउ परेका उपकुलपति रौनियारलाई लगियो काठमाडौं

धरान : ८ लाख घुससहित पक्राउ परेका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा राजकमार रौनियार र उनका भतिज डा रामहरि रौनियारलाई अख्तियारले आवश्यक कारवाहीका लागि काठमाडौं लगेको छ ।

बिहीबार प्रतिष्ठानको भवन निर्माणको ठेक्का पाएका ठेकेदारसँग ठेक्का लिए वापतको ८ लाख रुपैयाँ नगद सहित रौनियार प्रतिष्ठानको निवासबाट रंगेहात पक्राउ परेका थिए । रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रीय कार्यालयका प्रहरी उपरीक्षक हेम थापाको नेतृत्वमा खटिएको टोलीले सेवाग्राहीबाट घुस रकम लिए लगत्तै पक्राउ गरेको थियो । रौनियारलाई कार्यकक्षमा रकम लिएर निवासमा राख्न जाने वित्तिकै पक्राउ गरिएको थियो ।

ठूलो परिमाणको रकमसहित पक्राउ परेका रौनियार विरुद्ध मुचुल्का तयार पार्न अख्तियारको टोलीलाई रातभर समय लागेको थियो । रौनियारलाई टोलीले शुक्रबार बिहानै गाडीमा राखेर काठमाडौं लगिएको अनुसन्धानमा खटिएका प्रहरी उपरीक्षक हेम थापाले बताए ।

रौनियारले प्रतिष्ठानमा निर्माण र विभिन्न उपकरण खरिदमा ठेकेदारसँग रकम माग गरेको उजुरी परेको थियो । उजुरीपछि पीडित पक्षसँग रकम माग गरेको फोन रेर्कड अख्तियारमा पुगेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पीडितलाई ८ लाख रकम दिएर रौनियारलाई पक्राउ गर्न टोली परिचालन गरेको बुझिएको छ ।

रौनयारले प्रतिष्ठानको नेतृत्व राम्रोसँग सम्हाल्न नसकेको भन्दै गत फागुनमा सरकारले पदबाट बर्खास्त गरेको थियो । बर्खास्तपछि रौनियारले सर्वोच्च अदालतमा रिट दायर गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश मिरा खड्काको संयुक्त इजलासले  अल्पकालिन अन्तरिम आदेश गरेपछि उनी पुर्नवाहली भएका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.