सडक भाँसिदा सदरमुकामको बस्ती जोखिममा

सडक भाँसिदा सदरमुकामको बस्ती जोखिममा

धादिङ : अविरल वर्षाका कारण निर्माणकार्य सम्पन्न हुन नपाउँदै नीलकण्ठ नगरपालिका-३ स्थित शीतल बजारको मुख्य सडक भासिन सुरु भएपछि स्थानीयबासीका घर जोखिममा परेका छन्।

सडक भाँसिएसँगै स्थानीयका घरहरु चर्किएका छन् । ६ वटा घरहरु पहिरोको जोखिममा परेका छन्।सडकसँगै घरहरु भाँसिन थालेपछि स्थानीयले घर नै छाडेका छन्। २०७२ सालको भूकम्पको बेला भत्किएको उक्त सडक लामो समयसम्म निर्माण हुन सकेको थिएन।

नीलकण्ठ नगरपालिकाको पहलमा सडक विभागले भाँसिएको सडक उकास्ने काम गरिरहेको बेला निर्माण कार्य नसकिदै पुनः सडक भाँसिएको हो।यसपटक भाँसिएको सडकले स्थानीयबासीका घरलाई समेत क्षति पुर्‍याएपछि निर्माण कार्यमा लापरवाही भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन्।

बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण चर्किएको ठाउँमा पानी पसेपछि सडक पुनः भाँसिन थालेको हो। पानीले गर्दा सडक१ फिटभन्दा तल भाँसियर पहिरो जान थालेको छ। ४ वटा घरमा बस्न नमिल्ने गरी चर्किएको छ। 

भाँसिएको सडक उकास्ने क्रममा गुणस्तरहीन काम गरेको, जग बलियो नबनाएको र पानीको निकास गराउने नाला समेत नबनाएपछि सडक भाँसिन थालेको भन्दै स्थानीयले गुनासो गरेका छन्। 

विगतमा पनि पटक पटक भाँसिदै आएको सडकको प्राविधिक मुल्याङ्क गर्ने बेलामा नै लापरवाही भएकाले अहिले स्थानीयको समेत उठिवास लागेको नीलकण्ठ ३ शिरानबजारका स्थानीय पदम तामाङले बताए।

पृथ्वीराजमार्ग अवरुद्ध

अविरल वर्षासँगै लेदो आएर पृथ्वीराजमार्गमा थुप्रिदा बेनिघाट रोराङ गाउँपालिकाको १० बाँदरे मोडमा राजमार्ग ३ घण्टा अवरुद्ध बन्यो। बिहीबार दिउँसो १ बजे सडकमाथि घडेरी खारेको ढिस्कोसँगै लेदो माटो राजमार्गमा थुप्रिएपछि प्रहरी स्थानीयबासी र डोजरको सहयताले १ घण्टापछि राजमार्ग एकतर्फी खुलेको थियो।

डोजर परिचालन गरेर अवरुद्ध भएको ३ घण्टापछि दुवैतफी रुपमा राजमार्ग सूचारु गराइएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख राजकुमार बैदवारले जानकारी दिए।त्यस्तै, बेनिघाट रोराङको १० जवाङ खोलामा पनि राजमार्गमा लेदो थुप्रिएपछि अवरुद्ध भएको राजमार्ग डोजरको सहायताले खुलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.