हनुमन्तेमा  बाढी, एक घाइते : दधिकोट र नयाँ ठिमी जोड्ने पुल जोखिममा

हनुमन्तेमा  बाढी, एक घाइते : दधिकोट र नयाँ ठिमी जोड्ने पुल जोखिममा

भक्तपुर : हनुमन्ते खोलामा आएको बढीले बगाएका ३२ वर्षीय सन्तोष पहरीको अवस्था गम्भीर रहेको छ। काभ्रेको कोशीपारि घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्दै आएका पहरी शुक्रबार हनुमन्ते खोलामा खसेका थिए।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बाढी आएको हनुमन्ते खोला किनार हुँदै हिँडिरहेका पहरी खोलामा खसेका हुन्। खोला खसेर बगाएको जानकारी प्राप्त हुनासाथ तत्कालै महानगरीय प्रहरी प्रभाग बालकोटबाट प्रहरी टोली खटिएको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए।

प्रहरी टोलीले स्थानीयको सहयोगमा पहरीको उद्धार गरेर उपचारको लागि मध्यपुर थिमी नपाको गट्ठाघरस्थित नागरिक अस्पताल पठाएको उनले बताए। उनका अनुसार हनुमन्ते खोलाले बगाएर घाइते भएका पहरीको अवस्था गम्भीर रहेको छ।  

दधिकोट र नयाँ ठिमी जोड्ने पुल जोखिममा
हनुमन्ते खोलामा आएको बाढीले मध्यपुर थिमि नगरपालिकाको नयाँ ठिमी र सूर्यविनायक नगरपालिकाको वडा नम्बर ४ दधिकोट जोड्ने एक पुल जोखिममा परेको छ। बाढीले पुलभन्दा बाहिर कटान गरेको हो।

उक्त पुलसँगै नयाँ पुल बन्दै गरेको छ। नयाँ पुल बनाउन खन्ने क्रममा सूर्यविनायक नपातिर भाँसिएर केही महिना आवातजावत प्रभावित भएको उक्त बाटोको अहिले मध्यपुर थिमि नपातिर हनुमन्ते खोलाले कटान गरेको हो।

हनुमन्ते खोलामा आएकोले कटान गरेर पुललाई खतरा पारेपछि मध्यपुर थिमी नपाले उक्त कटान रोक्ने कार्य अघि बढाएको छ।

त्यस्तै बिहीबारदेखि आएको अविरल वर्षाले सूर्यविनायक नगरपालिका ७ गुण्डुमा एक घरमा क्षति पुगेको छ। भक्तपुर प्रहरीका अनुसार वर्षाले आएको पहिरोले घरलाई हानेको हो। उक्त पहिरोले घरलाई सामान्य क्षति पु¥याएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए।

हनुमन्ते खोलामा सतह बढ्यो
बिहीबार रातीदेखि आएको अविरल वर्षाले हनुमन्ते खोलामा पानीको सतह बढेको छ। अहिलेसम्म हनुमन्ते खोलामा आएको बाढी बस्तीमा नपसेको भक्तपुर प्रहरीले जनाएको छ। तर वर्षा हुने क्रम नरोकिएकाले बस्तीमा बाढी पस्ने जोखिम बढेको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। उनले हनुमन्ते खोलामा आएको बाढीले डुबानमा पर्नसक्ने सम्भावित क्षेत्रका वासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको बताए।

यसवर्ष हनुमन्ते कोरिडोर निर्माण कार्य सँगसँगै खोला फराकिलो भएकाले गत वर्ष जस्तो डुबानको समस्या नआएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।

खोला फराकिलो भए पनि खोला उकासिएकाले भक्तपुर नगर क्षेत्रभित्रका हनुमन्ते खोला दायाँबायाँ रहेका विभिन्न घाटहरु भने डुबानमा परेका छन्। हनुमन्ते खोलामा आएको बाढीले हनुमानघाट, चुपीँघाट, राममन्दिर, मंगलतीर्थ घाट डुबाएका छन्। यी क्षेत्र बढ्दो पानीको वहाबले  जलमग्न भएका छन्। 

हनुमन्तेमा आएको बाढीले ब्रह्मायणी, जगाती, माहेश्वरी, हनुमानघाट, चुपीँघाट, राममन्दिर र मंगलतीर्थ घाटमा रहेका पुल छोएका छन्। जसले गर्दा मंगलतीर्थ घाटस्थित बाराहीस्थान जाने बाटोसमेत अवरुद्ध भएको छ। यो बाटो प्रत्येक वर्षको वर्षामा अवरुद्ध हुँदै आएको छ। बाराहीस्थान जाने पुलमा हनुमन्ते भेल नअटेर वर्सेनि मंगलघाट हुँदै धानखेतमा पसेको छ। जसले गर्दा धानखेत डुबानमा परेको छ। तर अहिलेसम्म कुनै क्षति भएको जानकारी प्राप्त नभएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.