ललितपुरमा एक बालकको मृत्यु
काठमाडौं : ललितपुरको बागमती गाउँपालिकाको बगुवामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ। शुक्रबार दिउँसो १३ वर्षीय बालक सरोज जिम्मा घरले किँचेर मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए।
त्यस्तै महाङकाल गाउँपालिकाको गोटीखेल र कालेश्वोरज बागमतीको बगुवा र आश्राङ मा गरेर ४ वटा घर भत्एिको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले जानकारी दिए। उनका अनुसार भर्खरै सुनाकोठीमा रहेको हिमाल हाइड्रोको कार्यलयमा फसेका ८ जनाको उद्धार भएको छ।
नख्खु खोलाले दुई तिरबाट छेकेपछि उनीहरुको फसेका थिए। महानगरीय प्रहरी परिसर जावलाखेलका टोलीले उनीहरुको उद्दार गरेको डीएसपी नारायण चिमोरियाले जानकारी दिए। फसेका नख्खु खोला किनाकार ५० सुकुम्बासीकोसमेत उद्धार भएको प्रजिअ जोशीले बताए। पहिरोले कान्ति लोकपथलागायत दक्षिण ललितपुर जाने सडक अवरुद्ध भएका छन।
नख्खु खोलामा आएको बाढी । तस्बिर : अन्नपूर्ण