घाँस काट्न जाँदा ढुंगाले लागेर महिलाको मृत्यु
बैतडी : ढुंगाले लागेर शुक्रबार बैतडीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिगास गाउँपालिका–५ ढुङगाडकी २९ वर्षीया कित्थी चुनारा रहेकी छिन्। शुक्रबार बिहान स्थानीय जिनजेनी भीरमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुंगाले लागेर चुनाराको घटनास्थलमै मृत्यु भएको स्थानीय राजेन्द्र साउँदले जानकारी दिए।
चुनारा बिहान ८ बजे घाँस काट्न जिनजेनी भीरमा गएकी थिइन्। मृतकका महिलाका श्रीमान, दुई छोरा र दुई छोरी छन्। लगातारको वर्षाका कारण ढुंगा खसेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !