चाँगुनारायणका एक हजार महिलालाई सीपमूलक तालिम

चाँगुनारायणका एक हजार महिलालाई सीपमूलक तालिम

भक्तपुर : चाँगुनारायण नगरपालिकाले महिला तथा दलित लक्षित कार्यक्रमअन्तर्गत एक हजार महिलालाई विभिन्न सीपमूलक तालिम प्रदान गरेको छ। नगरपालिकाले नगर र वडास्तरीय गरी दुई चरणमा तालिम दिएको हो।

मन्टेश्वरी, मोटर तथा स्कुटर ड्राइभिङ, ब्युटिसियन, क्रिष्टलको माला, पोते र चुरा बनाउने, कुसनको सामान बनाउने र साबुनको झोल बनाउने तालिम प्रदान गरेको नगरपालिकाकी उपप्रमुख बिना बास्तोलाले जानकारी दिइन्। जसमा ६४ जनाले मन्टेश्वरी, १ सय ६ जनाले मोटर तथा स्कुटर र १ सय ३ जनाले ब्युटिसियन तालिम लिएका छन्। नगरपालिकाले महिलाका लागि ४५ दिनको मन्टेश्वरी, १ महिनाको मोटर ड्राइभिङ र ३ महिनाको ब्युटिसियन तालिम प्रदान गरेको हो।

]नगरपालिकाले ९ वटै वडाका लागि दलित र महिला लक्षित कार्यक्रमका लागि ८०—८० हजार रुपैयाँ बिनियोजन गरेको थियो। सो बजेटबाट वडा स्तरमा कुसनको सामग्री बनाउने तालिम, काष्ठकलाका सामान बनाउने तालिम, झोल सावुन बनाउने तालिम, ब्युटिसियन तालिम प्रदान गरिएको बास्तोलाको भनाइ छ। वडा स्तरमा ३ सय ५० जनाले र दलित लक्षित कार्यक्रममा ३ सय ७५ जनाले तालिम प्राप्त गरेका छन्। वडास्तरिय तालिम ७ वटा वडाले सम्पन्न गरेका छन् भने ६ र ७ ले तालिम सञ्चालन गर्न बाँकी छ।

तालिम समापन गर्दै चाँगुनारायणका प्रमुख सोमप्रसाद मिश्रले महिलाले तालिम लिएर आफैं स्वरोजगार बन्न तथा रोजगार दिन सकुन् भन्ने उद्देश्य राखिएको बताए। उनले तालिम लिनेको अभिलेखीकरण गरिरहेको र आगामी दिनमा तालिम प्राप्त जनशक्तिको सही उपयोग गर्ने गरि योजना बनाइरहेको पनि जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.