सिन्धुलीमा बाढी र पहिरोले दुई जनाको मृत्यु, ५ को उदार, ६ बेपत्ता

सिन्धुलीमा बाढी र पहिरोले दुई जनाको मृत्यु, ५ को उदार, ६ बेपत्ता

सिन्धुली : सिन्धुलीमा बाढी र पहिरोका कारण शनिबार १ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन्। पाँच जनाको उद्धार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहका अनुसार कमला नदीमा आएको बाढीले घर सहित बगाउँदा दुधौली नगरपालिका ४ बस्ने रेणु कापरीका छोरा वर्ष ३ का कार्बन कापरीको मृत्यु भएको हो। उनलाई खोजतलासका क्रममा कमलानदीको बगरमा भेटीएको प्रहरी प्रमुख सिंहले जनाए।

यस्तै रेणु कापरीकै वर्ष ७ को छोरा आधिं कापरी, वर्ष १ को छोरा सार्गन कापरी र उनको आमाजु वर्ष ६० की मरणी कापरी कमला नदीमा बेपत्ता भएका छन्।

‘उनीहरूलाई शुक्रबार राति करिव १ बजेतिर आएको कमलानदीको भेलले बगाउँदा बेपत्ता भएका हुन्,’सिंहले भने।

दुधौली नगरपालिकाकै वडा नम्बर १२ स्थित जिनाखु बुढीटारमा शनिवार दिउँसो पहिरोले घर सहित बगाउँदा एकै घरका तिन जना बेपत्ता भएको सिंहले जनाए।

बेपत्ता हुनेहरूमा स्थानीय हिराबहादुर पौडेलकी श्रीमति वर्ष ३० की सुनिता पौडेल, उनका छोरा सागर पौडेल र छोरी वर्ष १० कि सविता पौडेल रहेका छन्। हिराबहादुरलाई भने घाइते अवस्थामा उद्धार गरिएको छ।

पहिरोले गोठसँगै पुर्दा शुक्रबार दिउँसो सिन्धुलीकै फिक्कल गाउँपालिका १ झुल्खे महादेवडाँडाकी ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको थियो।

उता कमलानदीको भेलले बगाएका रेणु कापरीलाईलाई भने झण्डै एक किलोमिटर तलबाट सकुसल उद्धार गरिएको छ। उनका देवर वर्ष १८ का मिथुन कापरी र जितबहादुर सार्कीलाई पनि राती सकुशल उद्धार गरिएको सिंहले बताए।

उद्धार गरिएका सबैको स्थानीय आमा मेमोरियल अस्पतालमा उपचार भइरहेको छ। दुधौली नगरपालिका ४ कै सीता शाहको घर बाढीले बगाएको छ। उता कमलानदी बस्तीमा पस्दा डकाहका १६ घरका ७० जना विस्थापीत भएका छन्। उनीहरूलाई प्रहरी र स्थानीयले उद्धारगरी सुरक्षित स्थानमा सारिएको बताइएको छ।

चालकको १८ घण्टापछि उद्धार

तीनदिन देखि लगातार आएको पहिरोले गाडी सहित पुरिएका एक जना चालकको १८ घण्टापछि उद्धार गरिएको छ। सुनकोसी गाँउपालिका–१ कमेरेफाँटमा आएको पहिरोले शुक्रबार को १ च ८९५६ नम्बरको पिकअप भ्यानसँगै पहिरोमा पुरिएका चालक गोलबजार नगरपालिका १ सिरहाका वर्ष ३० का इन्दल शाहलाई अचेत अवस्थामा उद्धार गरिएको हो।

उनको भरोसा अस्पतालमा उपचार गरि थप उपचारका लागि हेलिक्पटर मार्फत काठमाडौं लगिएको छ।

कमला नदी, दुधौलीमा क्षति पुगेको घर र १८ घण्टासम्म पहिरोमा पुरिएको गाडीका चालकलाई उद्धार गर्दै। फोटोः अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.