सिन्धुलीमा बाढी र पहिरोमा हराएका तीन शव भेटिए, चार अझै वेपत्ता

सिन्धुलीमा बाढी र पहिरोमा हराएका तीन शव भेटिए, चार अझै वेपत्ता

सिन्धुली : सिन्धुलीमा बाढी र पहिरोले बगाउँदा बेपत्ता भएका ३ जनाको शव भेटिएको छ। चारजना अझै वेपत्ता छन्। पहिरोले घरसहित बगाउँदा शनिबार वेपत्ता भएका दुधौली नगरपालिका १२ स्थित जिनाखु बुढीटारीका हिराबहादुर पौडेलकी श्रीमती र छोरीको शव आइतबार भेटिएको प्रहरीले जनाएको छ। 

शनिबार घरसहित पहिरोले बगाउँदा वेपत्ता भएकी पौडेलकी श्रीमती ३० वर्षीय सुनिता पौडेल र उनकी छोरी १० वर्षीया सविता पौडेलको शव दुधौली नगरपालिका ११ र १२ को सिमाना सिसेन र ठाकुरखोलाको दोभानमा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जनाए ।

श्रीमती र छोरीसँगै शनिबार वेपत्ता पौडलका छोरा सागर पौडल भने अझै वेपत्ता छन्। उनको खोजिकार्य जारी रहेको सिंहले बताए।  उता आइतबार सिन्धुलीकै सुनकोसी गाउँपालिका र काभ्रेको रोसी गाउँपालिकाको सिमानामा अन्दाजी २५-३० वर्षका एक पुरुषको रोसीले बगाएर ल्याएको अवस्थामा शव भेटिएको छ। उनको पहिचान हुन नसकेको स्थानीय प्रगतीशिल माविका प्रधानाध्यापक चक्रबहादुर श्रेष्ठले जानकारी दिए।

यसैबीच शुक्रबार राति कमला नदीले घरसहित बगाउँदा वेपत्ता दुधौली नगरपालिका ४ बस्ने रेणु कापरी, उनका ७ वर्षीय छोरा आधिं कापरी, १  वर्षीय छोरा सार्गन कापरी र उनकी आमाजु  ६० वर्षीया मरणी कापरी अझै फेला पर्न सकेका छैनन्। 'उनीहरुको आइतबार बिहानैदेखि खोजतलास गरिरहेको भएपनि फेला पार्न सकिएको छैन,' सिंहले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.