सिन्धुलीमा बाढी र पहिरोले २५० बढी विद्युतका पोल बगायो

सिन्धुलीमा बाढी र पहिरोले २५० बढी विद्युतका पोल बगायो

सिन्धुली : बाढी र पहिरोले विद्युतका पोल बगाउँदा सिन्धुलीमा झण्डै ७५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। चार दिनदेखि जिल्लाका ग्रामिण क्षेत्रका अधिकांश बस्ती अन्धकार भएका छन्। 

विद्युत प्रशारण लाइनको ११ केभिएजटि तथा एलटी लाइनकै सयौं पोलहरु बाढी र पहिरोले बगाउँदा विद्युत सेवा अवरुद्ध भएको हो। अवरुद्ध विद्युत सूचारु गर्न अझैं केहि दिन लाग्ने नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाका प्रमुख लिलानाथ अर्याले जानकारी दिए।

चार दिनसम्मको वर्षापछि आएको बाढी र पहिरोले २ सय ५० बढी पोल बगाएका छन्। मुख्य लाइनकै दर्जनौं पोलमा क्षति पुगेको छ। 'हालसम्मको प्राविधिक अध्ययनअनुसार ७५ लाख रुपैयाँ बढीको क्षति भएको छ,'उनले भने। 

पोलमा क्षति हुँदा जिल्ला सदरमुकामबाहेक मरिण, सुनकोसी, दुधौली, गोलन्जोर गाउँपलिकाका अधिकांश बस्तीमा विद्युत सेवा अवरुद्ध भएको छ। सुनकोसी गाउँपलिकामा मात्र एक सयबढी पोल पहिरोले बगाएर क्षति पुर्‍याएको छ। 

प्राधिकरणका इन्जिनियर र कर्मचारी दिनरात नभनी विद्युत निर्माणमा जुटेपनि वर्षा कम नभएकाले ग्रामिण क्षेत्रमा पुग्न कठिन भएको अर्यालले जनाए। 'हामी गाडी, मोटरसाइकल जाने सबै ठाउँमा पुगेर पोलहरु निर्माण गरिरहेका छौं। गाउँगाउँमा पोल बोकेर जाने बाटो नै नभएका ठाउँमा पुग्न अझैं केही दिन लाग्छ,' उनले थपे। 

कमला नदीले त्यस क्षेत्र आसपासका पोलहरु बगाउँदा दुधौली नगरपालिकामा पूर्णरुपमा विद्युत सेवा अवरुद्ध भएको भएपनि कमला नदी पार गरेर पोल लैजाने र मान्छे जाने अवस्था नै नभएको उनले सुनाए।

यस्तै कमलामाई नगरपालिका २ को चियाबारीदेखि कमलामाई नगरपालिका ३ चपौली, गोलञ्जोर गाउँपालिका र सुनकोसी गाउँपालिका पूर्णरुपमा अन्धकार हुँदा स्थानीय सम्पर्कविहीन भएका छन्।

जिल्लाको घ्याङलेख गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा पनि विद्युत सेवा अवरुद्ध छ। बाढी र पहिरोका कारण कहाँ कस्तो क्षति छ भन्ने अझैं एकिन भइ नसकेको बताइएको छ।  'विद्युत अवरुद्ध भएपछि चार दिनदेखि स्थानीयसँग सम्पर्क नै हुन सकेको छैन्। कहाँ के भएको छ भन्ने बुझ्न अझैं समय लाग्छ,' उनले भने। 

संचारविहीन 

बाढी र पहिरोले विद्युतका तार पोलमा क्षति गर्दा जिल्ला सदरमुकाम र ग्रामिण क्षेत्र सम्पर्कविहीन भएको छ। सदरमुकाममा दुई दिनपछि शनिबार साँझबाट विद्युत सेवा सूचारु भएपनि गाउँमा विद्युत नहुँदा संचार सामग्री चार्ज गर्न नहुँदा सम्पर्कविहीन भएको हो।

लगातारको वर्षाले क्षति पुर्‍याएको सुनकोसी गाउँपालिका ७ गैरीगाउँमा परिवारको अवस्था बुझ्न चार दिनदेखि प्रयास गरेपनि सम्पर्क हुन नसकेको कमलामाई नगरपालिका ५ की कविता विश्वकर्मा बताले बताइन्।'यहाँ पनि बाढी र पहिरोले बसी सक्नु छैन।गाउँमा कस्तो छ, खबर बुझ्न सकिएको छैन', उनले भनिन्।

विकजस्तै जिल्ला सदरमुकाम बस्ने अधिकांशले गाउँका आफन्तको खबर बुझ्न पाएका छैनन्। जिल्लाका ग्रामिण क्षेत्रका अधिकांश प्रहरी कार्यालयमा समेत सम्पर्क हुन छाडेको छ। मोबाइल अफ हुँदा ग्रामिण क्षेत्रमा बाढी पहिरोले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न र उद्धारमा खट्न समेत कठिन भएको सिन्धुलीका प्रहरी प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.