कुलेखानीमा पानीको सतह २०५० यताकै उच्च, सतर्क रहन प्रशासनको आग्रह

कुलेखानीमा पानीको सतह २०५० यताकै उच्च, सतर्क रहन प्रशासनको आग्रह

हेटौंडा : कुलेखानी जलासयमा पानीको सतह खतराको तहमा पुगेको छ । सोमबार बिहान ८ बजेसम्म जलासयको सतह १५ सय २५ दशमलव ७० मिटर पुगेको कुलेखानी पहिलो जलविद्युत् अयोजनाका प्रशासन प्रमुख प्रदिप भुवाजीले बताए । 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जलासयको तटीय क्षेत्रमा बस्ने नागरिकहरुलाई सतर्क रहन आग्रह गरेको छ । 
जलायसको क्षमता १५ सय ३० मिटरसम्म रहेको छ । तर २०७२ सालको भूकम्पपछि १५ सय २५ मिटरमाथि जलासयमा पानी जम्मा नगर्ने विद्युत् प्राधिकरणले नीति लिएको छ ।  

‘कुलेखानीमा खतराको तहमा पानी पुगेकाले यसलाई निकास दिने तयारी भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने, ‘तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छौं ।’

विद्युत प्राधिकरणले पनि सोमबार बिहानै सूचना जारी गरेर ड्याम खोल्ने तयारीमा रहेकले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जानकारी दिएको छ । २०५० साल यता जलासयमा पानीको सतह उच्च तहमा पुगको यो पहिलो पटक हो । 

पानी खपत गर्नका लागि अहिले कुलेखानी पहिलो र दोस्रो पूर्ण क्षमतामा सञ्चालन गरिएको कुलेखानी प्रथमका प्रशासन प्रमुख भुवाजीले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.