बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व भिसीविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास(बीपी दास) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तिायरले तत्कालिन उपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। दासविरुद्ध ४ करोड ८ लाखको विगो मागदाबी गरिएको छ। तत्कालिन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालिन रजिष्टार नन्दकुमार थापा, र रजिष्टार तुलबहादुर श्रेष्ठलाई अख्तियारले प्रतिवादी बनाएको छ।
निर्देशक सिन्हाविरुद्ध ३ करोड ७५ लाख विगो मागदाबी गरिएको छ। तत्कालिन रजिष्टार नन्दकुमार थापाविरुद्ध १ करोड ९६ लाख र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार विगो कायम गरिएको छ।